arrow

ला-लिगा उपाधि होड: बार्सालाई अंक नगुमाउने चुनौती, रियाल-एथ्लेटिको पच्छ्याउँदै

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
Gareth_Bale_header.JPG.jpeg
काठमाडौं। स्पेनको फुटबल लिग ला-लिगा रोमाञ्चक मोडमा पुगेको छ। पहिलो तीन स्थानमा रहकेा बार्सिलोना, एथ्लेटिको मड्रिड र रियाल मड्रिड पहिलो स्थानको होडमा रहेका छन्। 
 
कुनै समय राम्रो अग्रता लिएको बार्सिलोनाले पछिल्लो समयमा लगातार खेल हार्दा र बराबरी खेल्दा लिग रोमाञ्चक मोडमा पुगेको छ। तीन टोलीमा कुनै पनि टोली बाँकी रहेको दुई खेलमा अंक गुमाउने स्थितीमा रहेको छैन्। अंक गुमाउनु भनेको अर्को टोलीलाई उपाधिकालागि ढोका खोल्दिनु हुने छ। 
 
३६ खेलमा ८५ अंककासाथ बार्सिलोना अंक तालिकामा पहिलो छ भने उती नै खेलमा ८५ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ। त्यसैगरि रियाल ३६ खेलमा ८४ अंकका साथ तेस्रो स्थानमा रहेको छ। 
 
रियाल मड्रिड-रियाल सोसियाडाड
खेलको ८०औं मिनेटमा गारेथ बेलले गोल गर्दै रियालकालागि ३ अंक पक्का गरेका थिए। कुनै पनि हालतमा अंक गुमाउन नसक्ने स्थानमा रहेको रियालकालागि सोसियाडाडले राम्रो चुनौती दिएको थियो।
 
 क्रिष्टियानो रोनाल्डो बिना मैदानमा ओर्लेको मड्रिडकालागि बेलले निर्णायक गोल गरेर ३ अंक थपेका थिए। 
 
एथ्लेटिको मड्रिड-रायो भालेकानो
एन्टोनी ग्रिजम्यानले गरेको एक मात्र गोलले एथ्लेटिको मड्रिडले ३ अंक पक्का गरेको थियो। खेलको ५५औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै आफ्नो टोलीलाई उपाधि होडमा जिवित राखेका थिए। 
 
बार्सिलोना-रियाल बेटिस
ला-लिगाको एक मात्र दावेदारबाट उपाधि होडमा ओर्लेको बार्सिलोनाले रियाल बेटिसलाई २-० गोलले पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ। खेलको ५०औं मिनेटमा ईभान राकिटीले गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए। 
 
त्यसैगरि बार्साका स्टार स्ट्राईकर लुईस स्वारेजले ८१औं मिनेटमा गोल गर्दै २-०को अग्रता दिलाएका थिए। अन्तिममा ती दुई गोल निर्णायक हुन पुगेका थिए। 
 
लिगमा पहिलो तीन स्थानमा रहेका टोलीहरुको दुई खेल बाँकी रहेका छन्। कुनै पनि टोलीले अंक नगुमाएको स्थितीमा बार्सिलोनाले उपाधि जित्ने पक्का रहेको छ। रियाल र एथ्लेटिको दुवै बार्साले अंक गुमाएको हेर्न लालायित रहेका छन् भने बार्सा पनि ती दुई टोलीले अंक गुमाए आफ्नो उपाधि जित्ने बाटो सजिलो हुने सोचमा रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ