arrow

काठमाडौंमा समस्यामा रहेका सोलुखुम्बुका नागरिकलाई घरघरमै लगेर दियो कांग्रेसले राहत

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
rahat-nc-solukhumbu-sampark.gif

काठमाडौं। चैत ११ गतेदेखि सुरु भएको लकडाउन लम्बिने संकेत देखिदा गरिखाने वर्ग भने समस्यामा परिरहेका छन्। समस्यामा परिरहेका यहि वर्गलाई विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग पुर्‍याइरहेका छन्। 

सरकारको निर्देशन मानेर घरभित्र बसेका नागरिकहरुप्रति सरकारले आफ्नो दायित्व पूर्णरुपमा निर्वाह नगर्दा विपन्न वर्ग भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यहि समस्यामा रहेका नागरिकहरुलाई केहि भएपनि सहयोग पुर्‍यार्उन नेपाली कांग्रेस सोलुखुम्वु काठमाडौं सम्पर्क समिति निरन्तर लागिपरेको छ। काठमाडौंमा रहेर समस्यामा परेका विभिन्न व्यक्तिहरुलाई समितिले घरछेउमै पुगेर राहत साम्रग्री हस्तान्तरण गरेको छ। 

समितिले सोमबार प्रतिकुल मौसमका बाबजुत पनि काठमाडौंमा बसेर श्रम गर्दै आएका सोलुखुम्बुबासीलाई खाद्यान्न सहयोग हस्तान्तरण गरेको हो।

लकडाउनका कारण समस्यामा परेका सोलुवासी भोकै बस्नुपर्ने अवस्था नआओस् भनेर खाद्यान्न वितरण गरिएको सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए । 

राहत संकलनदेखि वितरणमा महत्वपूर्ण सहयोग गरेका सम्पर्क समितिका कोषाध्यक्ष नविन कार्कीले कोरोनका कारण भन्दा पनि भोकमरीका कारण गरिव र विपन्न वर्ग समस्यामा पर्ने अवस्था आएकाले आफूहरुले सक्दो सहयोग गरेको बताए । 

समितिले काठमाडौंको हात्तिगौडा, कपन, बौद्ध, जोरपाटी, थली, नारायणटार, चाबहिल, चण्डोल, रामहिटी र चक्रपथ गरी ६६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो ।

राहत वितरणको समन्वय गरेका नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले आफुहरुले दलगत हिसावले नभई अभावमा रहेका सोलुखुम्बुबासी निस्वार्थ भावनाले खाद्यान्न वितरण गरेको बताए । उनका अनुसार चामल, दाल, खाने तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

राहत वितरणमा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति आस्थाबिन्दु मल्ल पनि सहभागि भइ राहत हस्न्तान्तरण गरिन। कांग्रेस महासमिति सदस्य खिलराज बस्नेत, महाधिवेशन प्रतिनिधिहरु, सम्पर्क समिति पदाधिकारी र सदस्यका साथै नेता कार्यकर्ता पनि राहत हस्तान्तरणमा सहभागि थिए। सम्पर्क समितिले यसअघि पाँच पटक राहत वितरण गरिसकेको छ । समितिले अहिलेसम्म करिव एक हजार परिवारलाई राहत वितरण गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ