arrow

भारतमा कारोनाबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र मृत्यु 

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
corona-india.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकैदिन अहिलेसम्मकै उच्च संक्रमण र उच्च मृत्यु पगेको छ । २४ घण्टाको अवधिमा भारतमा ३ हजार ६५६ जना संक्रमित भएका छन् । 

यो अहिलेसम्मकै उच्च हो । संक्रमितको संख्या ४६ हजार ४३७ भएको छ । सोमबार महाराष्ट्रमा १५६७, तमिलनाडुमा ५२७, गुजरातमा ३७६, दिल्लीमा ३४९, राजस्थानमा १७५, उत्तरप्रदेशमा १२१ र मध्यप्रदेशमा १०५ जना संक्रमित भेटिएका हुन् । 

नेपालसंग जोडिएको राज्य बिहारमा २४ घण्टामा ११ जना थपिएका छन् । संक्रमितको संख्या ५२८ पुगेको छ । 

यो आँकडा कोभिड१९इन्डियाडटओआरजीबाट लिइएको हो । तर केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने संक्रमित ४२ हजार ८३६ पुर्याएको छ । अहिलेसम्म १५७० जनाको ज्यान गइसकेको छ । 

एकैदिन एक सय ७५ जनाको ज्यान गएको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि एकै दिन ९८ जनाको ज्यान गएको थियो । 
 

अहिले सक्रिय संक्रमितको संख्या ३२ हजार २० छ भने १२ हजार ८४७ जनालाई निको भएको छ । 

भारतमा १७ मेसम्म लकडाउन भए पनि केही खुकुलो पारिएको छ । तर संक्रमित बढेसंगै रणनीति परिवर्तन हुन सक्ने पनि देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ