arrow

ऐन कार्यान्वयन फितलो हुँदा लोपोन्मुख कृष्णसार धर्म संकटमा

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
krishnasar1.jpg

रुपन्देही । प्रदेश नं ५ अन्तर्गत बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा रहेका लोपोन्मुख जनावरको रुपमा परिचित कृष्णसारको पछिल्लो समय साना बच्चाहरुको संख्या थपिएसँंगै अव्यवस्थित रहेका उक्त जनावरको सुरक्षामा समस्या देखिएको छ । 

बर्दियाको गुलरिया नगरपालिका वडा नं २ खैरापुरमा उक्त लोपोन्मुख जनावरको संरक्षण गरिदै आइएको छ ।

तारवार तथा पर्खाल विना नै खुल्ला चौरमा कृष्णसारहरु रहेको र नजिकैको जंगलबाट निस्किएका स्याल, बाघ र कुकुरहरुले कृष्णसारलाई दैनिकजसो आक्रमण गर्ने क्रम बढ्दै गएपछि संरक्षणमा चुनौती बढेको कृष्णसार संरक्षण केन्द्रका संरक्षण प्रमुख अर्जुन भुसालले बताए ।

बर्दियाको खैरापुरमा रहेको ७ सय ८ बिघा क्षेत्रफल कृष्णसार संरक्षण क्षेत्र ऐन कार्यान्वयन फितलो भएका कारण संरक्षण अव्यवस्थित हुन पुगेको कर्मचारीहरुले बताएका छन् । 

यसैबीच वन तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा सञ्चालित सो क्षेत्रमा अहिले २ सय १६ वटा ठूला र भर्खरै जन्मिएका ५० वटा बच्चा सहित कुल २ सय ६६ वटा रहेको सो कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ