arrow

लकडाउनका डेढ महिना, उल्लंघनको घटना बढ्दो 

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले लगाएको लकडाउन मंगलबार बैशाख २३ गतेसम्म आइपुग्दा ४३ औं दिनमा आइसकेको छ । 

कोरोना संक्रमितको संख्या बढेर ७५ पुगिसकेको छ । यो संख्या अझै बढ्ने देखिएको छ । किनकि यो दोस्रोबाट तेस्रो चरणमा समेत पुगेको बताइन्छ । 

पछिल्लो समय नेपालगञ्जमा देखिएको संक्रमण र एकैदिन बढेका १५ जना संक्रमितको गति हेर्दा यो बढ्दो छ । 

संक्रमित बढिरहँदा लकडाउन भने फितलो हुँदै गएको छ । सरकारले नै उल्लंघन गरिरहेको आरोप लाग्ने गर्छ । सामाजिक दूरी कायम गर्ने भनिए पनि सरकारले आन्दोलनलाई समेत नियन्त्रण गर्न नसक्ने र लकडाउन तोड्दै सडकमा उत्रन प्रशासनबाटै दिइन्छ भने त्यसलाई के भन्ने ? 

सरकारले राजनीति गरेको आरोपसमेत लाग्ने गरेको छ । 

यही बीचमा सवारी साधन चलाउनेदेखि खुलेआम बाहिर हिंड्नेहरुको संख्या बढ्दो छ । मंगलबार ४३ औं दिन बिहान काठमाडौं उपत्यकामा ६९ सवारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

तीमध्ये ६० वटा दुई पाङ्ग्रे र ९ वटा चार पाङ्ग्रे सवारी हुन् । यसअघि सोेमबार ६६५ वटा नियन्त्रणमा लिएको थियो । 

तीमध्ये ५९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चार पाङ्ग्रे हुन् । 

आइतबार भने ७४२ वटा सवारी साधन कार्वाहीमा परेका थिए । 

विगत २४ घण्टामा काठमडौं उपत्यकामा ६ सवारी साधन दुर्घटनामा परेका छन् । जसमा ४ जना घाइते भएका छन् । 

त्यस्तै मानिसहरु पनि कार्वाहीमा परेका छन् । मंगलबार बिहान २०५ जनालाई उपत्यकाबाट नियन्त्रणमा लिइएको छ । जसमा काठमाडौंबाट मात्र  १०४ जना छन् । ललितपुरबाट ललितपुरबाट ४८ जना छन् । 

लकडाउन तोड्ने क्रम बढ्दो छ । अहिलेसम्म हजारौं सवारी र हजारौं मानिसलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको पनि प्रहरीले जनाएको छ । 

त्यतिमात्र होइन भित्री सडकमा नियमित रुपले पसलहरु खुलिरहेका छन् । मदिरासमेत बिक्री भइरहेको पाइएको छ । 

साथै लकडाउनमा घरेलु हिंसा पनि उच्च रुपले बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ