arrow

नेपालगञ्जमा सात जना कोरोना संक्रमित थपिए, नेपालमा संक्रमित ८२ पुगे

logo
रासस,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
nepaljung-corona-victim.jpg

काठमाडौं । बाँकेको नेपालगञ्जमा पुनः मंगलबार सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले नेपालगञ्जस्थित भेरी अस्पतालमा परीक्षणका क्रममा नेपालगञ्ज उपमहानगरपालिका–८ का चार महिला र तीन पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको बताए । 
 
उनका अनुसार २२, ३० र ४०  वर्षीय पुरुष र ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेका छन् । 

योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ । यसअघि बाँकेमा १६ जनामा सङ्क्रमण देखिएको थियो । नेपालमा सङ्क्रमितको  सङ्ख्या ८२ पुगेको छ । 

सहप्रवक्ता डा अधिकारीका अनुसार नेपालगञ्जमा देखिएका सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ