arrow

मदरसाका शिक्षकको सम्पर्कमा आएका थप ७ जनालाई कोरोना पोजेटिभ, संक्रमितको संख्या २३

नेपालगञ्ज बन्यो कोरोनाको हटस्पट

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
nepaljung-corona-victim.jpg

नेपालगन्ज ।  मदरसाका शिक्षकको सम्पर्कमा आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनीहरु सबै नेपालगन्ज ८ जोल्हनपुर्वाकै एकै समुदायका स्थानीय हुन् ।

पछिल्लो पटक संक्रमण पुष्टी भएकामा ३ पुरुष र ४ महिला छन् । संक्रमितमा २२, ३० र ४० बर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ बर्षका महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले  थप ७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए। यो संगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ ।

यसअघि शुक्रबार डिएसपी रोडका एक जना निजामुद्धिन मर्कजबाट फर्केका उर्दु भाषा र नमाज पढ्न सिकाउने जमातीलाई कोरोना पुष्टी भएको थियो। उनकै सम्पर्कमा आएका जोल्हनपुर्वाटोलका १५ जनामा संक्रमण देखिएको थियो । उनकै कारण कोरोनको हटस्पट भएपछि नेपालगञ्जलाई निषेधित क्षेत्र घोषित गरिएको छ। अन्य नगरपालिकाले पनि नेपालगञ्जसँग दुरी बढाएका छन्। कर्णाली प्रदेशले पनि सात दिनलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 

नेपालगन्जमा पछिलो पटक देखिएका सबै कोरोना पोजेटिभहरु एकै टोलका हुन् । पहिलो संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ९४ जनाको स्वाब संकलन गरेर भेरी अस्पताल नेपालगन्जमा पिसिआर विधिबाट परिक्षण गर्दा थप ७ जना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमण पोजेटिभ सबैलाई शुसिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा लगिएको छ।

नेपालगञ्जमा भेटिएका २३ समेत गरि नेपालमा अहिलेसम्म ८२ जनामा कोरोना संक्रमण पाइएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ