arrow

पपुवा न्यूगिनीविरुद्धको पहिलो खेल गुम्यो, नेपाल २ विकेटले पराजित

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1294700342.jpeg
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसंग २ विकेटले पराजित भएको छ । संयुक्त अरब इमिरेट्स युएईको अबुधावीमा भएको खेलमा दुई सय ३३ रनको चुनौती पछ्याएको पपुवा न्यूगिनीले ४९ ओभर ३ बलमा ८ विकेट गुमाएर जित निकाल्यो । पुपुवा न्यूगिनीका लागि असाद भालाले सर्वाधिक ८७ रन बनाए । यस्तै, सोमपाल कामीको सिकार भएका चार्लेस अमिनीले ३५ रन बनाए । 
 
यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धाारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३२ रन बनाएको थियो । खेलको पहिलो बलमै अनिल मण्डल गुमाएको नेपालले मात्र २९ रन हुँदा दोस्रो विकेटको रुपमा सागर पुनलाई गुमाएको थियो । २३ बल खेलेका सागरले १० रन मात्र बनाए । 
 
तेस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लले ओपनर सुवास खकुरेलसँग मिलेर ५० रनको साझेदारी गर्दै टोलीलाई उकास्न खेजेपनि २६ बलमा २३ रन जोड्दै आउट भए । मल्ल आउट भएपछि  फेरि दबाबमा परेको नेपालले थप १० रन जोड्दा कप्तान पारस खड्का पनि १६ बल खेल्दै व्यक्तिगत ६ रनमा आउट भए । छैटौं विकेटका लागि शरद भेषावकरले ८२ बलमा ७८ रन बनाउँदै नेपाललाई सम्मानजनक योगफल सम्म सम्हाले । 
 
ओपनर सुवास खकुरेलले एक सय ४ बलमा ६३ रन बनाउँदै नेपालको इनिङ जोगाएपछि हार टरेन । पपुवा न्यूगिनीका लागि यो खेल महत्वपूर्ण अवसर मात्र बनेन सफलता नै बन्यो । 
यसअघि, पपुवा न्यूगिनीले प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको दुई वटै खेल गुमाएको थियो । जारी प्रतियोगितामा यी दुईओटै टीम अंकविहीन छन् । काठमाडौंमा हुनुपर्ने उक्त खेल नेपालको कमजोर व्यवस्थापन र भूकम्पपछिको अवस्थाले युएई सरेको हो । आइसीसीले एक दिवसीय ढाँचामा खेलाईरहेको प्रतियोगितामा टेष्ट नखेल्ने ८ राष्ट्र सहभागी छन् । नेपाल र पपुवा न्यूगिनीबीचको दोस्रो खेल बुधबार हुने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ