arrow

प्रशासनको गैरजिम्मेवारीले बुटवलमा कोरोनाको खतरा, पटके बजार अव्यवस्थित 

किराना संचालकले भने –‘मौका यही हो व्यापार गर्ने, विना प्रतिष्प्रर्धाको व्यापार गर्न पाईएको छ, यदि कोरोना भाईरस लागि हाल्यो भने मेरो ज्वाई डाक्टर हुनुहुन्छ उपचार गर्छु’

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
corona-butwal.jpg

रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमितको संख्या २४ रहेको छ । बाँकेको नेपालगञ्जमा २३ तथा रुपन्देहीको बुटबलमा एक जना कोरोना संक्रमित छन् । 

यस्तोमा प्रदेश ५ मा कोरोनाको संक्रमण फैलिने प्रवल सम्भावना छ । 

तर बुटबल बजारमा दैनिक बिहान अव्यस्थित रुपले लाग्दै आएको पटके वजारले केही खतरा बढेको स्थानियहरुले वताएका छन् । प्रदेश– ५ को अस्थायी मुकाम बुटवल आर्थिक, शैक्षिक र व्यापारिक रुपमा अग्रपंतिमा रहेको क्षेत्र मानिन्छ ।

चीनको वुहान शहरबाट ट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण अहिले विश्वका २१२ देश तथा प्रशासित क्षेत्रमा फैलिसकेको कछ । 

जसले गर्दा मानिसहरुको आवतजावतलाई रोक्न र कोरोना भाईरसलाई नियन्त्रण गर्न वाह्य देशहरुले जस्तै नेपालमा पनि ४३ दिनदेखि लकडाउन गरिदै आइएको छ ।

सरकारले लकडाउनको समयमा घर बाहिर निस्किन र अत्यावश्यक काम बाहेक घरमै बस्न आग्रह गरेपनि रुपन्देहीको बुटवलमा लकडाउनको पूर्ण पालना नभएको पाइएको छ । जसका कारण कोरोना भाईरसको उच्च जोखिम समेत बढेको स्थानिय प्रविण बलामीले बताए । उनले भने ‘यसरी मानिसहरुको भिड लागेर तरकारी किन्ने प्रवृत्तिलाई स्थानिय सरकार र प्रशासनले ध्यान दिनु पर्छ ।’

बुटवलमा पछिल्लो समय दैनिक उपभोग्य वस्तुहरुको किनमेललाई सहज बनाउन भन्दै सामाजिक दुरी कायम गरी आवश्यक खाद्य सामग्री किन्न भन्दै बुटवल उप–महानगरपालिकाद्धारा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म यहाँका किराना तथा खाद्य पसलहरु खुल्ला राख्न छुट दिएपछि थप मानिसहरुको दिन प्रतिदिन संख्या बाक्लिदै गएको छ ।

यसैबीच लकडाउनको समय जारी भएदेखि नै बुटवलको नेपालगंज रोडमा अवस्थित गोपाल सिद्ध किराना स्टोर्सले सामाजिक दुरी कायम नगरी खुलेयाम व्यापार गर्दै आएको स्थानिय एक व्यापारीले बताए । 

उक्त किरानाका सञ्चालकले ‘मौका यही हो व्यापार गर्ने, विना प्रतिष्प्रर्धाको व्यापार गर्न पाईएको छ, यदि कोरोना भाईरस लागि हाल्यो भने मेरो ज्वाई डाक्टर रहेको र गाउँको घर अर्घाखाँची भएकाले उतै गएर जति दिन लाग्छ त्यतै गएर औषधि गर्छु’ भने । 

उक्त किराना पसल एक प्रतिनिधि पात्र भएको र बुटवलमा अधिकांशले सामाजिक दुरीको पालना नगरी व्यवसाय सञ्चालन गर्दासमेत यहाँको स्थानिय सरकार एव प्रशासनद्धारा कुनै पनि कडाई गरिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ