arrow

नेपाल छिर्न नदिई भारतीय क्वारेन्टाइनको बास, कोरोना संक्रमणको त्रास 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
95387700_254196352391643_56.jpg

कञ्चनपुर । सुदुर पश्चिमको कञ्चनपुर र कैलालीका सीमा प्रवेश गरि नेपाल भित्रिन नदिइ फिर्ता पठाइएका नेपालीहरुको भारतीय क्वारेन्टाइनको बासले कोरोना भाइरस संक्रमणको त्रास बढेको अलपत्र रहेकाहरुले बताएका छन् । 

कञ्चनपुरको दक्षिणी नेपाल भारत सीमा क्षेत्र र कैलालीबाट फिर्ता गरिएका भारतको पलियास्थित क्वारेन्टाइनमा झण्डै डेढ सय जना नेपालीहरु सकसपूर्ण दिनहरु बिताउँदै आएका छन् । 

नेपाल प्रवेशमा नेपाल सरकारले रोक लगाए पछि मजदुरी गरि घर फर्कन लागेका नेपाली नागरिकहरु भारतको उत्तर प्रदेश लखिमपुर खिरीको पलिया स्थित क्वारेन्टाइनमा राखिएका छन् ।

कैलाली कञ्चनपुरका विभिन्न सीमा क्षेत्रबाट फर्काइएका भारत पलिया स्थित क्वारेन्टाइनमा सुर्खेत, बैतडी, कञ्चनपुर र कैलालीका गरि १६५ जना नेपाली नागरिकहरु रहेको भारतीय पत्रकार राजीव गुप्ताले जनाएका छन् । 

कोरोना भाइरसको सन्त्रासका बेला अव्यवस्थित बासले कतिबेला मरिने हो भन्ने पिरले सताउने गरेको बिहिबार पुनर्वास स्थित सीमाबाट फर्काइएका कृष्ण जैसीले बताए । 

एकै कोठामा धेरै नेपालीलाई कोचेर राखिएको र धेरै ब्यक्तिले एउटै शौचालय प्रयोग गरि रहँदा भाइरस संक्रमण होला कि भन्ने पिरले सताउने गरेको उनले बताए । 

घरै नजिक पुगेका नेपालीलाई आफ्नै देशमा क्वारेन्टाइन नराखी भारत फिर्ता पठाएर गरिव जनता माथी नेपाली सरकारले अन्याय गरेको अहिले भारतीय क्वारेन्टाइनमा रहेका पुनर्वास ८ का किसन बिकले बताए । 

भारतीय क्वारेन्टाइनको बास असुरक्षित छ हामीलाई उद्धार गरि आफ्नै देश फर्काउन पहल गरि दिन क्वारेन्टाइनमा रहेका जैसीले बताए ।
स्वच्छ खानेपानी अभाव , असुरक्षित शौचालय , स्वास्थ्य चेक जाँच अभाव, सुत्न बस्न अप्रयाप्त र अब्यबस्थित क्वारेन्टाइनको बसाई नारकीय भएको उनीहरुले बताएका छन् । 

आफ्ना नागरिकहरुको उद्धार र संरक्षणमा नेपाल सरकारले उदासिनता देखाए पछि सीमा क्षेत्र र भारतीय भुमिमा नेपालीहरुको बिचल्ली परेको हो । 

नागरिकको सुरक्षा र उद्धारमा नेपाल सरकारले बेवास्ता गर्दा यतिबेला भारतीय भुमिमा नेपालीहरु सकसपूर्ण जीवन जीउन बाध्य पारिएका छन् । 

अलपत्र र पीडामा रहेका आफ्ना नागरिकहरुको उद्धार र सुबिधा पाउनु नैसर्गिक र संबैधानिक अधिकार भए पनि नेपाल सरकारले मुग्लानमा रहेका नागरिकलाई प्रवेशसमेत रोकेपछि आफ्नो अधिकार हनन भएको भारतीय क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ