arrow

टोखा नगरपालिकाको राहत कोषमा टोखा नगर चेम्बरको सहयोग

logo
प्रकाशित २०७७ वैशाख २३ मंगलबार
krishnaman-tokha-chamber.gif

काठमाडौं। टोखा नगर चेम्बर अफ कमर्शले टोखा नगरपालिकाको कोरोना राहत कोषमा सहयोग गरेको छ।  

सामाजिक दुरी कायम गरि मंगलवार आयोजना गरेको एक संक्षिप्त कार्यक्रममा टोखा नगर चेम्वर अफ कमर्शका तर्फबाट अध्यक्ष संजय फुयाँलले कोषमा जम्मा हुनेगरि १ लाख २५ हजार १११ रुपैयाँ हस्तान्तरण गरे। टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी चेम्बरले दिएको रकम बुझे। 

कार्यक्रममा व्यक्तिगत रुपमा टोखा नगर चेम्वरका कोषाध्यक्ष सुवास खड्काले ५५ हजार नगद रकम समेत कोषमा जम्मा हुनेगरि मेयर अधिकारीलाई हस्तान्तरण गरे।

सोहि कार्यक्रममा उपस्थित चेम्वर अफ कमर्श प्रदेश ३का संयोजक तथा काठमाडौंका अध्यक्ष कृष्णमान श्रेष्ठले टोखा नगरपालिकाभित्रका प्रहरी प्रभागहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे। 

टोखा नगरपालिका भित्रका प्रहरी प्रभागहरु टोखा, गोंगबु, गोंगबु सामुदायिक प्रहरी, गोंगबु नयाँ बसपार्क प्रहरी र ट्राफिक प्रहरी, तिलिङ्गटार वसुन्धाराका सबै प्रहरीलाई सय मिलिलिटरका दरले पुग्ने गरि सेनिटाइजर, मास्क र  पंजा सहितको स्वास्थ्य सामग्री दिइएको श्रेष्ठले बताए। 

श्रेष्ठले विभिन्न नगर चेम्बरहरुले कोरोना बिरुद्धको लडाईमा आफ्नो तर्फबाट योगदान दिइरहेको बताए। यसअघी तारकेश्वर नगरपालिकामा पनि तारकेश्वर नगर चेम्बरले सहयोग रकम र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ