arrow

लकडाउनमै शिकार, बर्दगोरियाको बनमा चित्तल मारि शिकारी फरार

logo
गोविन्द बीसी,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
dear-dearbuck-chittal.gif

बौनिया। लकडाउनमा देश नै घरमा कैद भएका बेला शिकारीहरु भने जंगलमा निस्फिक्री शिकारमा लागरहेको एक घटनाले देखाएको छ। कैलालीमा शिकारीको गोली लागेर मृत अवस्थामा एक चित्तल फेला परेपछि शिकारीहरुले लकडाउनमै पनि कसरी निस्फिक्री शिकार गरिरहेका छन् भन्ने पुष्टी गरेको छ।  ।

जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर–३, खैरेनीस्थित लालीगुराँस सामुदायिक वनक्षेत्रमा सिकारीले गोली हानेर चितल मारेको अवस्थामा समितिको गस्ती टोलीले फेला पारेपछि यो घटना वाहिर आएको हो।  ।

मंगलबार दिउँसो साढे ४ बजेको समयमा चित्तललाई गोली हानेर सिकारी भागेको बन समितिले जनाएको छ। घटनास्थलमा गोलीको छर्रा लागेर चितल मृत अवस्थामा फेला परे लगत्तै सामुदायिक बन समितिले सबडिभिजन बन कार्यालय बर्दगोरियालाई खबर गरेको थियो । 

चितललाई मारेर सिकारी फरार भएको उक्त सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष भीमबहादुर कुँवरले बताए ।

घटनास्थलबाट छातीमा गोली लागेको अन्दाजी ६ बर्षको ४० केजीको भाले चितल बरामद गरिएको छ । बन समितिले उक्त चितललाई सबडिभिजन बन कार्यालय बर्दगोरियालाई बुझाएको छ । 

पछिल्लो केही वर्षयता सो सामुदायिक बनक्षेत्रमा वृक्षरोपण तथा तारबार भइ हराभरा भएपछि बन्यजन्तु चितल देखिन थालेका हुन् । सामुदायिक बनक्षेत्रमा वन्यजन्तुको अवैध चोरी–शिकारी बढेपछि संरक्षणमा समेत समस्या तथा चुनौती थपिँदै गएको छ। यसअघि गतवर्षको जेठ २१ मा सो सामुदायिक बन क्षेत्रमा सिकारीले गोली हानी चितल मारेको अवस्थामा भरुवा बन्दुक समेत बरामद गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ