arrow

लकडाउन हैन स्वास्थ्य संकटकाल लागू गर्न रायमाझीको सुझाव 

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
umeshjung-rayamajhi.gif

काठमाडौं। नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले लक डाउनको सट्टामा  'स्वास्थ सङ्कटकाल' लागू गर्न सुझाव दिएका छन्।

सामाजिक संजालमा आफ्नो भनाइ राख्दै रायमाझीले स्वास्थ्य सुरक्षालाई प्रमुख प्राथमिकता दिइ 'स्वास्थ सङ्कटकाल' लागू गर्न सरकारलाई सुझाव दिएका हुन्। 

रायमाझीले सबै अस्पताल र स्वास्थ्यकर्मीलाई बिशेष व्यवस्था अन्तर्गत परिचालन गर्ने र उपचार सामाग्री गाउँ,टोल सम्म पुर्याउन पनि माग गरेका छन्।

सरकारले माग गरे अनुसार सल्लाह दिने जनाउँदै रायमाझीले जनहितको कामको लागि जनताले सहयोग गर्ने बताएका छन्। 

उनले कतिपय देशमा संकटकाल लगाएको समेत उदाहरण हेर्दै नेपालमा पनि 'स्वास्थ सङ्कटकाल' लागू गर्न सुझाव दिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ