arrow

‘अनलाइन कक्षा कति सम्भव ? पहुँच र विकल्प’

बुधबार दिउँसो २ देखि ४ बजेसम्म सरोकारवालालाई जोडिन आह्वान

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
95998968_785895915272764_66.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण र सामाजिक दूरी कायम गर्नु नै रोकथामको उत्तम विकल्प भइरहँदा विद्यार्थीलाई अनलाइन कक्षा सान्दर्भिक ठानिएको छ । 

विश्वका अधिकांश देशहरुले अनलाइन कक्षालाई प्राथमिकता दिएका छन् । तर नेपालमा यसको सम्भावना कति छ भन्दै नेपाल विद्यार्थी संघले छलफल चलाइरहेको छ । 

बुधबार पनि नेविसंघको केन्द्रीय समितिले ‘अनलाइन कक्षा कति सम्भव ? पहुँच र विकल्प’ विषयक छलफल गर्दैछ । 

नेविसंघले सरोकारवालाहरुसंग अनलाइन छलफलमा सहभागी हुन आह्वानसमेत गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिलल्सिनाको सहजीकरणमा फेसबुकलाइभ मार्फत अनलाइन छलफल हुने पनि बताइएको छ । 

बुधबार दिउँसो २ देखि ४ बजेसम्म सरोकारवालालाई जोडिन पनि आह्वान गरिएको छ ।

कांग्रेस सहमहामन्त्री डा प्रकाश शरण महत, सांसदद्धय मिनेन्द्र रिजाल र गगनकुमार थापा, शिक्षाविद् प्राडा विश्वनाथ कोइराला, शिक्षाविद् प्राडा मनप्रसाद वाग्ले लगायतका व्यक्तिहरुको सहभागीता रहने पनि बताइएको छ । 

नेविसंघले अनलाइन कक्षा संचालन गर्नका लागि विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गर्दै आएको छ । 

नेपालमा ७० लाखको संख्यामा विभिन्न तहमा विद्यार्थीहरु अध्ययनरत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ