arrow

कोरोनाः दक्षिण अमेरिकामा १५ हजारभन्दा बढीको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख २४ बुधबार
corona-infected.gif

मोन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । 

आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । 

दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९२१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७१५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २७१ जना तथा इक्वेडरमा १ हजार ५६९ जनाको ज्यान गएको छ । 

विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ । 

इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अबलम्बन गरिरहेका छन् । 

प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन (पीएएचओ) ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा “धेरै उच्च” रहेको चेतावनी दिएको छ । 

ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वाधिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो । 

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५.२ प्रतिशतले संकुचन हुने जनाएको छ । 

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३७ लाखभन्दा बढी संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ