arrow

सातौं राष्ट्रिय खेलकुद मंसिरबाट फागुनमा सर्‍यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1389049835.jpeg
काठमाडौं । पूर्वाञ्चलमा पहिलोपटक आयोजना हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा सरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको सोमबार बसेको बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ तिथी घोषणा गरेको हो ।
 
समयमा बजेट निकासा नहुँदा मंसिर ११ गतेदेखि १८ गतेसम्म हुने तय भएको प्रतियोगिता फागुन १८ देअि २३ गतेसम्म पूर्वाञ्चलमै गर्ने निर्णय भएको राखेपले जनाएको छ । 
 
बोर्ड बैठकमार्फत् राखेपले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयमा ३२ करोड माग गरेकामा २३ करोड स्वीकृत भएको छ ।राष्ट्रिय खेलकुदअन्तर्गत स्वीमिङ्ग र म्याराथन दशैंअघि सकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ