arrow

ओलीले नेकपा सचिवालय बैठकलाई समय दिन नसक्ने

logo
नारायण ढुंगाना,
प्रकाशित २०७७ वैशाख २४ बुधबार
kp-prachanda-mask.gif

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाको सचिवालय बैठकलाई समय दिन नसक्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो व्यस्तता र शारीरिक कारणले बैठकमा पूरा समय दिन नसक्ने जानकारी गराएर बैठकबाट निस्कएको  नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।   अध्यक्षद्वयबीच छलफल जारी रहेकोसमेत उनले जानकारी गराए । 

बुधबार बसेको नेकपाको सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा अध्यक्षद्वयलाई दिएको छ । 

स्थायी कमिटीका २० सदस्यले बैठक बोलाउन माग गरेपछि यसअघि बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकको कार्यसूचीलगायत आवश्यक तयारीका लागि बुधबार सचिवालय बैठक बसेको थियो । आवश्यक तयारी नपुगेपछि बैठक भोलि नै बस्ने या अर्काे दिनलाई सार्ने भन्ने कुरा निश्चित हुन सकेन ।

सचिवालयको वैशाख २० गतेको निष्कर्षको मर्मअनुरुप उक्त बैठकको कार्यसूची र प्रस्ताव तयार पार्ने प्रक्रियाका सम्बन्धमा दुई अध्यक्षद्वयले अझै गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  

प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारसँग भने, “अहिले पनि अध्यक्षद्वय छलफलमै हुनुहुन्छ, दुई जनाले सल्लाह गरेर स्थायी कमिटी बैठक र त्यसको कार्यसूचीका बारेमा निर्णय गर्नुहुने भएको छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ