arrow

“सपनाकी आमा”

logo
श्रीराम पौडेल,
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
aama-mother.jpg

काँसझैं फुलेकी,गालामा मुजा परेकी
कतै मन दुखेजस्तो,कतै छाति पोलेजस्तो
मलिन अनुहार,फिक्का चेहेरा लिएर
एकदिन मेरो निदरीमा आईन्!
मैले सोधे को हो आमा तंपाई?
‘नेपाल आमा’उताबाट जवाफ आयो!
फेरी सोधे किन बेखुसी के भयो आमा?

कसरी खुसी हुनु बाबु,
तिम्रा दाई भिमसेन,बलभद्र,भक्तिहरूले
ऊ-पारिका दुस्मनबाट मलाई बचाउनको लागि
आफुहरू कयौं पटक मरेका थिए
हामि मरेर गएपनि नेपाल आमा
सघैं बाॅचिरहुन्,सधैं हाँसिरहुन् भनि!
त्यसपछि पनि मेरा केही कुसन्तानहरूले 
आफ्नै घरका दाजुभाईलाई अन्यायमा 
पारि अगाडी बढेका थिए!
त्यसका बिरूद्दपनि तिम्रा दाई 
धर्मभक्त,गंगालालहरू शुलिमा चढेका थिए!
ताकी मेरा भाईहरूले नेपाल आमाको मुहारमा 
संधै ऊज्यालो देख्न सकुन्
आफ्नो भाग्य आफै लेख्न सकुन्!
तर आज,
हामि सबै बराबर हुने हो भनी मलाई झुक्याउँदा 
कतिपल्ट मैले मुटुमा गाँठो पारेकी छु
मेरो छातिमा बम र बारुद्द बर्साउँदा 
कतिपल्ट मैले खुनका आँसु झीरेकी छु!

कसरी खुसी हुनु बाबु,
‘यी’ सन्तानहरू ‘ति’ सन्तानजस्ता हुन सकेनन्
यिनीहरू जुवा खेल्नको लागि 
मेरा मृगौला बिक्री गर्न तयार छन्
मेरा आँखा बेचेर 
गलामा सुनको सिक्री लगाउन तयार छन्!
आफ्नै दाजुभाईलाई रूवाएर
आफ्नो कुर्चि बचाउन तयार छन्
मलाई रुवाएर 
ऊ-पारिका दुस्मन हंसाऊन तयार छन्

कसरी खुसी हुनु बाबु,
सबै सन्तान एक हुन्छौ भनि भाषण गरे पनी
तिनै भाषण पत्याएर मेरा हजारौं सन्तान मरे पनी
आज पनि,
डोल्पाको डोलेले टाऊको दुख्दा सिटामोल पाउंदैन
सुनसरीका सुकुम्बासि हरुको अहिले पनि 
न टेक्ने ठाॅऊ छ,न सपना देख्ने ठाॅऊ छ!
तिर्सुलीकी तिलमायाले दुई महिनाको
दुधे बालकलाई काखमा च्यापेर
गिटी कुटी चुलो बाल्नु परेको छ
धनुषाकी धनकली दाईजो नल्याएपछी 
आगोमा ज्युँदै जल्नु परेको छ!

कसरी खुसी हुनु बाबु,
कसैका हातमा ठेला पर्दा 
खानलाई मकैको ठेला पाउँदैनन्
कसैले भ्रष्टाचार गरी महल बनाए 
कोही काम गरेको जेला पाउदैनन्
कोही जनताको रगत पसिनाको 
लौको बनाई खोला तरे
अनि,खोला तरे लौरो बिर्सिए
सर्पले काॅचुली बिर्सिए जसरी!

कसरी खुसी हुनु बाबु,
मैले भने-दु:ख नमान्नु आमा
कोहि त छ जरूर छ
हाम्रा ति दाईहरूको 
बिंडो थाम्न सक्ने आँट भएको 
आँधिहुरी थाम्नसक्ने मुटुरूपी बाँध भएको
जसले सबै दाजुभाईमा 
समानताको लहर छर्न सकोस्
‘नेपाल आमा’लाई हँसाउनको लागि 
आफु कयौं पटक मर्न सकोस्
तपाईको छातिमाथी लात हान्नेहरूको 
हिसाब-किताब गर्न सकोस्
मैले यति भनेपछि आमा जानुभो
म निद्राबाट ब्युझिंए
के तंपाई ब्युझिनु भो?

-हाल जापान



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ