arrow

कपिलवस्तुमा भेटिएका संक्रमित नेपाल छिरेको दुई घण्टामा नै क्वारेन्टाइनमा

logo
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
Kapilvastui-hamrakura.jpg.jpeg

तौलिहवा। कपिलवस्तुको मायादेबी गाउपालिका– २ अभिरावका भेटिएका दुई संक्रमित दाजुभाई रहेको खुलेको छ । उनीहरु एउटै पविारका दाजु भाईका छोराहरु रहेको प्रहरी उपरिक्षक दीप शमशेर जबराले बताएका छन् ।

१६ र २२ वर्षका दुई भाइ ७ जनाको समुह चाकरचौडा देखि नरकुलको बिचमा पर्ने खेतबाट सुरक्षाकर्मीलाई छलेर गत बैशाख २३ राति १० बजेतिर नेपाल छिेरका थिए । अभिरावमा रहेका ५ जनाको समुह घरमा पुगे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।  दुई जनाको स्थिती भने पत्ता नलागेको बताईएको छ।

५ जनको समुहलाई १ घन्टा भित्रै स्थानीय र प्रहरीको सहयोमगा क्वारेन्टाईन पठाईएको थियो । गत मंगलवार नै मायादेबी गाउपालिको – १ स्थित छत्रपाली तीर्थादेबी उमाबिमा रहेको क्वारेन्टाईनमा रहेको उनीहरु सहीत ६५ जनाको स्वाब सलकन गरी परिक्षणकालागि काठमाण्डौ पठाईएको थियो । त्यस मध्येका १२ जनाको मात्र रिपार्ट आएको छ । त्यसैमा २ संक्रमित देखिएका हुन । बाकी ५३ जनको रिपार्ट आउन बाँकी छ ।

त्यहा रहेको सबै जना भारतका बिभिन्न शहरबाट फकैकाहरु हुन् । प्रहरी उपरिक्षक जबराले चोरबाटो हुदै अभिराव पुगको ५ जना घर र अन्य मानिससंग संपर्कमा आउन नपाएको प्रारंभिक सोधपुछमा पाईएको बताए ।

‘ घर फर्कैका एक दुई घन्टा भित्रै क्वारेन्टाईनमा पुर्याईएको छ ’ उनले भने । सो समुहमा आएका ७ जना मध्ये २ जना को हुन भन्ने बारे अझै पत्ता लागेको छैन । उनीहरुको समेत खोजीभइ्र्ररहेको जबराले बतए । गाउपालिकाका स्वास्थय संयोजक महेन्द्र यादवले दुबै संक्रमितलाई शुक्रवार बिहान बुटबल स्थि कोरोना बिशेष अस्पतालमा एम्बुलेन्समा पाठईएको बताए ।

छत्रपाली माविको क्वारेन्टाइनमा अहिले ६० जना व्यक्ति रहेका छन् । क्वारेन्टाइनमा अबधि पूरा गरि घर पठाइएका थप ५ जना गरी ६५ जनाको स्वाबको नमूना लिइएको थियो । मायादेवीमा कोरोना संक्रमित भेटिए पछि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले त्यहा स्वास्थयकर्मीको बिशेष टोली पठाउने तयारी गरको प्रजिअ दीर्घनारायण पौडेले बताए ।

सो टोलीको सुझाव अनुसार आवश्यक कदम चालिने उनले बताए । भेटिएका संक्रमित सिमावर्ती पालिका रहेकोले अब सिमावर्ती पालिकामा बिशेष निगरानी गरिने उनले बताए । मायादेबी, सुद्धोदन, बिजयनगर गाउपालिका र कृषण्नगर र महाराजगंज नगरपालिकामा बिशेष निग्रानी गरिने प्रजिअ पौडेलले बताए ।

लकडाउनलाई थप कडा बनाउने र सिमाक्षेत्रमा निगरानी बढाईने उनले बताए । यस अघि महाराजगंज, शिवपुर र तौहिहवमा गरी ५४ जनाको स्वाब परिक्षणको रिपार्ट नेगेटिभ देखिएको प्रजिअ पौडेलले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जना र बाँकेमा २२ गरी प्रदेश नम्बर ५ मा २५ जना संक्रमित भेटिएका छन ।  नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ