arrow

इजरायली राष्ट्रपतिद्वारा नयाँ सरकार बनाउन नेतान्याहुलाई आह्वान

logo
पीटीआई,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
israel-reuven-rivlin-president.jpg

जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त भएको छ। राष्ट्रपति रेउभेन रिभ्लीनले प्रधानमन्त्री नेतान्याहुलाई संसदमा भएको अर्को दलसँग पनि मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेकाले उहाँलाई सरकार बनाउन बाटो खुल्ला भएको हो।

उनले विपक्षी दलका नेता तथा आफ्ना प्रतिस्पर्धी बेन्नी गान्जको ब्लु एन्ड ह्वाईट पार्टीलगायतसँग शक्ति बाँडफाँड गरेर सरकार बनाउने तयारी गरेका छन्। प्रधानमन्त्री नेतान्याहु इजरायलको इतिहासमा अहिलेसम्म सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका नेता हुन्। केही समय अगाडि उहाँलाई केही अनियमिततासम्वन्धी आरोप लागेको थियो।

“इजरायलले चाडै नै नयाँ सरकार पाउनेमा मैले विश्वास लिएको छु, नयाँ सरकारले देशमा उत्पन्न विभिन्न चुनौतीहरुलाई सामना गर्नसक्ने आशा गरेको छु,” राष्ट्रपति रिभ्लीनले भन्नुभयो । 

उनले प्रधानमन्त्रीलाई नयाँ सरकार बनाउन दुई हप्ताको समय दिनुभएको छ । यसअघि गत बिहीबार इजरायलको संसदले नयाँ सरकार गठन गर्न सजिलो हुने नयाँ व्यवस्था गरेर दुई कानुन संशोधन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ