arrow

बेलारूसमा अगस्तमा राष्ट्रपति चुनाव हुने

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
belarus-map.jpg

मिन्स्क। बेलारूसमा राष्ट्रपति चुनाव यस वर्षको अगस्त ९ का लागि तय भएको यहाँको संसदले शुक्रबार घोषणा गरेको छ। देशको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष लिदिया इर्मोशीनाले पहल समूह दर्ताका लागि कागजात बुझाउने अन्तिम म्याद यही मे महिनाको १५ तारिखसम्म रहने बताए। पहल समूहमा १०० भन्दा बढी मानिस हुनुपर्छ।

राष्ट्रपति पदका उम्मेद्वारहरूलाई पहल समूहले कम्तिमा एक लाख हस्ताक्षरसहित प्रस्ताव गर्नुपर्ने बेलारूसको संवैधानिक व्यवस्था रहेको छ। उम्मेदवारहरूको मनोनयनका लागि हस्ताक्षर अभियान यही मे २१ देखि सुरु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ