arrow

केपी सरकार लाचार बनेको तरुण दलको ठहर, हस्तक्षेप सह्य नहुने चेतावनी

logo
प्रकाशित २०७७ वैशाख २७ शनिबार
jitjung-basnet-tarun1.jpg

काठमाडौं। नेपाल तरुण दलले आफ्नो देशको भूमी रक्षा गर्न नसक्ने वर्तमान केपी ओली सरकारको लाचार शैलीप्रति खेद प्रकट गरेको छ। 

दलका अध्यक्ष जीतजंग बस्नेतले सरकारको लाचार शैलीको अन्त्यको माग सहित एक विज्ञप्ती निकाल्दै देशको सिमा रक्षाको निम्ति यथाशिघ्र उचित कदम चालि नेपाल भूमीको रक्षा गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। 

भारतले गत शुक्रबार नेपालको भूमी लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको कुराले नेपाली नागरिकको आत्मामा गहिरो चोट पुर्‍याएको अध्यक्ष बस्नेतले जारी गरेको दलको विज्ञप्तीमा उल्लेख छ । 

नेपालको भूमी माथिको हस्तक्षेपको भत्सर्ना गर्दै दलले कुनै पनि मुलुकको सिमा रक्षा गर्नु त्यस देशको सरकारको मुख्य कर्तव्य भएपनि यती लामो समय बितिसक्दा यस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुनै पनि कुटनैतिक पहल नगर्नु र आधिकारिक धारणा समेत व्यक्त नगर्नुले सरकारको चरित्र उदांगो भएको तरुण दलले बताएको छ। 

कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सह्य नहुने पनि बस्नेतले बक्तव्यमा बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ