arrow

लेस्टरलाई म्यान्चेस्टर युनाइटेडले रोक्यो

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
EPL-lest.JPG.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा लिग लिडर लेस्टर सिटी बराबरीमा रोकेको छ । म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा लेस्टरलाई १–१ को बराबरीमा रोकेको हो । म्यानयुको मैदान ओल्डट्राफोर्डमा भएको खेलमा म्यानयुले सुरुवाली ८ मिनेटमै १–० को अग्रता लियो । उसका लागि एन्थोनी मार्शलले गोल गरे । 
 
यस्तै, १७ औं मिनेटमा लेस्टरका वेस मोर्गनले गोल गर्दै खेल १–१ को बराबरी गरे । पछि दुबै टोलीले गोल गर्न सकेनन् । आक्रामक बनेका ड्यानिएल ड्रिन्कवाटर दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर झन दबाबमा रहयो । जितसंगै २ खेल मात्र खेल्न बाँकी छँदा लेस्टरको ७७ अंक भएको छ । यद्यपि, उपाधि जित्ने बलियो आधार समेत लेस्टरसंगै छ ।
 
म्यानयु शीर्ष चार भित्र पर्न संघर्षरत छ । म्यानयुले अब ३ खेल खेल्न बाँकी छ । यस्तै, अर्को खेलमा लिभरपुल रेलिगेशन क्षेत्रमा रहेको स्वान्सीसिटीसंग ३–१ ले पराजित भएको छ । स्वान्सीले घरेलु मैदानमा ३–१ को जित निकालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ