arrow

उदयपुरको कोरोना समस्याबारेमा राष्ट्रपती र प्रधानमन्त्रीको ध्यानाकर्षण गराए डा. खड्काले

logo
विश्वराज तामाङ,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
bidhya-bhandari-dr-narayan-khadka.jpg

उदयपुर। राष्ट्रपती विद्यादेवी भण्डारीसँग उदयपुरका सांसद डा. नारायण खड्काले भेट गरि उदयपुरमा कोरोना भाईरसको संक्रमित फेला परेसँगै जनजीवन प्रभावित बन्दै गएको बिषयमा जानकारी गराएका छन्। 

शनिवार बिहान राष्ट्रपती निवासमा भएको भेटवार्तामा डा. खड्काले भुल्के लगायतका उदयपुरका संभावित संक्रमीत क्षेत्रमा परिक्षण गराई राहतको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिनका लागि राष्ट्रपतीसमक्ष आग्रह गरेका थिए।

भेटवार्ताको क्रममा राष्ट्रपती भण्डारीले उदयपुरको बिषयमा आफु चिन्तीत भएको र सरकारका अंगहरुलाई सो बिषयमा गम्भीर हुन आग्रह गरिने बताएकी थिइन।

डा. खड्काले यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेट गरि उदयपुरको समस्याको बिषयमा सरकारलाई गम्भीर हुनका लागि आग्रह गरेका थिए।

यस अघि प्रधानमन्त्री र स्वास्थ्यमन्त्री संगको संवाद पश्चात उदयपुरमा पीसीआर किट पठाई स्वास्थ्य परिक्षण भैरहेको र शुक्रबारमात्रै स्वास्थ्यमन्त्री मन्त्री भानुभक्त ढकालसंग स्वास्थ्यकर्मी सहितको स्वास्थ्य सामाग्री पठाउनका लागि समेत खड्काले आग्रह गरेका थिए।

नेपाली सेनाले स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी आइतवारै उदयपुरमा पुर्‍याउने समेत आस्वासन प्राप्त भएको डा. खड्काले बताए । यता प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत प्रदेश सरकारसंग संबाद भइरहेको डा. खड्काले जानकारी दिए।

राजधानीमा रहेर सरकारका माथिल्लो निकायसम्म पहलकदमी गरिरहेका डा. खड्काले उदयपुरको बेलका नगरपालिका, चौदण्डिगढि नगरपालिकालाई र त्रियुगा नगरपालिकामा दुई दुई हजार, कटारी नगरपालिकालाई एक हजार र ताप्ली गाउँपालिकालाई पाँच सय किलो चाम डा. खड्काले यस अघि आफ्नो व्यक्तिगत खर्चबाट हस्तान्तरण गरेका छन्।  

यता जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत जिल्ला स्थानिय तहका लागि पिपिई सहितको स्वास्थ्य सामाग्री हस्ताणतरन, डा. नारायण खड्काकै व्यक्तिगत सहयोग स्वरुप शुक्रबार (बैशाख २६ गते) त्रियुगा नगरपालिका वडा नम्बर ३ का ६० घर विपन्न परिवारलाई त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष अबधेश चौधरी र वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काको उपस्थितिमा खाद्यन्न सहितको राहात हस्तान्तरण गरिएको छ ।

त्यसैगरी वडा नम्बर १२ का स्थानिय सदा बस्तीका १५ परिवारलाई समेत डा. खड्काको व्यक्तिगत लगानीमा राहात प्रदान गरिने कार्यक्रम रहेको त्रियुगा वडा नम्बर १० का वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ