arrow

काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फिर्ता

logo
रासस,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
sindhuli.png

सिन्धुली। बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन्। सुनसरीबाट सिन्धुली हुँदै काठमाडौँ जाँदै गरेका पाकिस्तानी नागरिकलाई प्रहरीले फिर्ता पठाएको हो। सुनसरीमा १६ दिन क्वारेन्टाइन बसेका र कोरोना नेगेटिभ रहेको, साथै पिसिआरलगायतका सबै जाँच भएको, स्वास्थ्य जाँचको प्रमाणपत्र र सवारी पास भएपछि भिमान चेकपोष्टबाट बा४ख ५०६४ नंको  माइक्रोबसलाई आज काठमाडौँ जान दिइएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपी भट्टराईले सवारी जाँच र आवश्यक कागजपत्र सबै भएको पाइएपछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा छाडिएको जानकारी दिए। उक्त माइक्रोबसमा ११ पाकिस्तानी नागरिक रहेका उनले बताए। उनका अनुसार उनीहरु स्वदेश फिर्ताका लागि भन्दै काठमाडौं हिँडेका हुन्।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेको समन्वयमा उक्त माइक्रोबस सिन्धुलीबाट छाडिए पनि बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिकाबाट उक्त माइक्रोबसलाई भने सुनसरी नै फिर्ता पठाइएको छ। सुनसरीबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिकलाई सोही माइक्रोबसबाटै सुनसरी नै फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ