arrow

लिवियाली हवाई आक्रमणमा परी कम्तीमा ७० सैनिक हताहत

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख २७ शनिबार
libya-map.jpg

त्रिपोली। संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त लिवियाली सरकारी सुरक्षा फौजले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तर पक्षधर सैनिकलाई लक्षित गरी गरेको हवाई आक्रमणमा परी कम्तीमा ७० सैनिकको हताहत भएको शनिबार बताइएको छ। शुक्रबार भएको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो। हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको छ भने केही घाइते भएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन्।

“वायुसेनाले राजधानी त्रिपोलीबाट १८० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा रहेको वात्या हवाई शिविर र यसको आपूर्ति नाकाहरुमा छ राउण्ड हवाई आक्रमण गरेको छ, ” संयुक्त राष्ट्रसंघीय सरकारको सेनाका प्रवक्ता मोहम्मद गोनोनोले एक विज्ञप्तिमार्फत जानकारी गराए। विज्ञप्तिमा भनिएको छ, “वायुसेनाले सैन्य सवारी साधनहरूलाई लक्षित गरी हफ्तरको प्रभाव क्षेत्रमा आक्रमण गरेको र आक्रमणबाट ७० भन्दा बढी सैनिक हताहत भएका छन्।”

जनरल हफ्तरको नेतृत्वमा रहेको पूर्वी सेनाले एक वर्षभन्दा बढी समयदेखि राजधानी त्रिपोलीलाई संयुक्त राष्ट्र संघीय सरकारको कब्जामा लिने प्रयास गरिरहेको छ। यो आक्रमणका कारण सयौं नागरिक पनि घाइते भएका र विस्थापित बनेका बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ