arrow

गुड गोली मिस मोली गायक लिटिल रिचर्ड रहेनन् 

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
little-richard.jpg

काठमाडौं । चर्चित संगीतकार तथा गायककार लिटिल रिचर्डको मृत्यु भएको छ । ८७ वर्षको उमेरमा उनको शनिबार ज्यान गएको हो । 

रिचर्ड लामो समयदेखि बिरामी थिए । उनको हड्डीमा भएको क्यान्सरका कारण मृत्यु भएको उनका आफन्तले जनाएका छन् । 

उनी पछिल्ला दिनहरुमा अमेरिकाको टुल्लाहोमा शहरमा रहँदै आएका थिए । उनका फ्यानहरु उनको पियानो बजाउने शैलीबाट प्रभावित थिए । 

त्यसैगरी उनको हेयर स्टाइल र पहिरन लगाउने शैलीलाई पनि फ्यानले मन पराएका छन् । 

लिटिल रिचर्डको जन्म सन् १९३२ को डिसेम्बरमा भएको थियो । उनको पूरा नाम रिचर्ढ पेन्निमन हो । 

उनका बाबु थर्मगुरु थिए । उनले सन् १९४० देखि सुरु गरेको करियरका सुरुआती दिनमा सानातिना रेकर्डिङ गराइरहन्थे ।

उनले सन् १९५५ मा टुटी फ्रुटी, लङ टल स्याली र गुड गोली मिस मोली जस्ता चर्चित गीतबाट प्रसिद्धी कमाए ।

उनका यी गीत ३ करोडभन्दा बढी प्रति बिकेका थिए । सन् १९८६ मा रिचर्डले रक एन्ड रोल हल अफ फेममा पनि छिरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ