arrow

आफ्नै गाउँलेको हत्या गर्ने अभियुक्त १६ वर्षपछि पक्राउ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2069689532.jpeg
नुवाकोट । सोह्र वर्षअघि आफ्नै गाविसका एक व्यक्तिको हत्या गरेर फरार रहेका अभियुक्त पक्राउ परेका छन् ।  घ्याङ्फेदी–८ का छेवाङ तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका सोही गाविस वडा–३ का हर्कबहादुर तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरी कर्तव्यज्यान मुद्दामा अनुसन्धान सुरु गरेको छ । 
 
२०५७ माघ १६ गते घेवापूजामा मदिरा सेवन गरी झगडा पर्दा हर्कबहादुरले छेवाङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको ठहर छ । सो घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेको प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ