arrow

मानव धर्मको मानवीय सेवा : पशुपति क्षेत्रमा जारी

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
manavdharma.jpg

काठमाडौं । लकडाउनका कारणले भोकै रहेकाहरुलाई नेपाल मानव धर्म सेवा समिति र पशुपति क्षेत्र विकास कोषले संयुक्त प्रयासमा नियमित निःशुल्क खाना खुवाउने क्रमलाई ४६ औं दिनसम्म पनि जारी राखेका छन्।

कोराना भाइरस कोभिड १९ को संक्रमणबाट जोगाउनका लागि सरकारले चैत ११ गते लकडाउन गरेयता नै दुवै संस्थाले संयुक्त रुपमा गरिबी र अन्य कारणले दैनिक खानाका लागि अभाव भएकाहरुलाई पशुपति परिसरस्थित माधवराज सुमार्गी भवनमा खाना खुवाउँदै आएका हुन्।

दैनिक रुपमा खाना पकाउन, प्याकिङ गर्न र वितरण गर्न एवम् स्वयंसेवी भुमिकामा विजय चोक युवा क्लब र पशुपति सृजनसिल युवा क्लबले सहयोग गर्दै आएको नेपाल मानव धर्म सेवा समिति, युवा संगठनका केन्द्रीय संयोजक नबिन कोइरालाले बताए। लकडाउन सुरु भएको चौथो दिनबाट खाना खुवाउन थालिएको र आजसम्म पनि नियमित रुपमा खाना खुवाउने सेवाकर्मलाई निरन्तर जारी राखेको संयोजक कोइरालाले बताए ।

'सुरुमा हामीले सामूहिक रुपमा २ सय ५० खाना खुवाएका थियौं । पछि त्यो संख्या बढेर ७ सय ६० सम्म पुगेको थियो', कोइरालाले भने, `विचमा केही दिनको झरिका कारण खान आउनेको संख्यामा अलि कमि रहेपनी पछिल्ला १० दिनदेखि दैनिक ४०० हाराहारीले खाइरहनु भएको छ । सुरक्षा संबेदनसिलतालाई मध्यनजर गर्दै केहिदिन प्याकिङ गरेर समेत वितरण गर्यौं । आसपासको क्षेत्रमा रहेका साधुसन्त, विपन्न र विधार्थीलाई पनि दिने गरेका छौं।’

पित्रीशोकमा रहेका पशुपति क्षेत्र विकास कोषका सदस्य-सचिव डा. प्रदिप ढकालले `अहिले लकडाउन केही खुकुलो भएको र आगामी केहिदिनको अवस्था हेरेर वितरण कार्यलाई निरन्तरता दिने वा स्थगन गर्ने बारेमा निर्णय गरिने जानकारी दिए ।´ `साथै पशुपति क्षेत्रमा रहेका पशुपंक्षी, मानव सबैको सेवामा कोष सदैव हाजिर रहेको समेत बताए ।´

नेपाल मानव धर्म सेवा समिति र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि सम्मिलित एउटा समुह रहेको छ । जसले खाना, खाद्यान्न तथा वितरण एवम् संचालनको बारेमा आवश्यक निर्णय लिने गरेको छ । मानव धर्म सेवा समितिकातर्फबाट नबिन कोइराला,  कोषको तर्फबाट सदस्यसचिव डा.प्रदिप ढकाल, परिषद् सदस्य राजुकुमार खत्री , कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र भवन सञ्चालक सुनिल वैद्य रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ