arrow

नीजि क्षेत्रलाई जति चिमोटे पनि हुन्छ भन्ने मानसिकता त्याग्न सरकारलाई विनोद चौधरीको सुझाव

सरकार र नीजि क्षेत्र साझेदारीमा जोड

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
binod-chaudhary-speech-parliament._.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नीजि क्षेत्रलाई जति चिमोटे पनि हुन्छ भन्ने मानसिकता सरकारले त्याग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिदै चौधरीले आगामी बजेटले समेट्नु पर्ने बिभिन्न बिषयहरुमा सुझाव दिएका छन्।

अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले काम गर्नुपर्ने फेहरिस्त सुनाउँदै चौधरीले अहिलेको स्थितिमा निजी क्षेत्र र सरकारले सहकार्य गर्नुपर्ने बताए। सरकार एक्लैले यो समस्याको समाधान गर्न सक्छ र पार लगाउन सक्छ भनेर निजी क्षेत्रले सोचिरहेको छ भने पनि त्यो सही नहुने बताए । दुवै पक्षको सोचबाट यो समस्याको समाधान खोज्नु पर्नेमा उनले जोड दिए।

उनले भने यो मन्दी सन् २००८ को भन्दा धेरै खराब रहने अनुमान गरिएको बताए। आईएमएफले सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर नकारात्मक रहने प्रक्षेपण गरेको स्मरण गराउँदै नेपालको हालसम्मको अवस्था मूल्यांकन गर्दा आर्थिक वृद्धिदर १ प्रतिशतमा सीमित रहने प्रक्षेपण आएको बताए। 

संयुक्त राष्ट्रसंघले नेपालजस्ता साना अर्थतन्त्र भएका ४४ देश कोभिड—१९ बाट सबैभन्दा बढी प्रभावित बनेको र यी देशमा वस्तु र सेवाको आपूर्ति अवरुद्ध हुँदा भोकमरीको चुनौती व्यहोर्नुपर्ने हुन सक्ने चेतावनी दिएको पनि चौधरीले संसदमा बताए।

नेपालमा पर्यटन, औद्योगिक उत्पादन, रेमिटयान्स निकै खराब अवस्थामा पुगेको उनले बताए। निर्माण, थोक तथा खुद्रा व्यापार र कृषि क्षेत्रसँगै बैंकिङ क्षेत्र प्रतिकूल अवस्थामा पुगेको उल्लेख गर्दै चौधरीले जलविद्युत्, सिमेन्ट जस्ता  वृहत लगानीका परियोजना निर्माणमा ढिलाई भइरहेको एवं ब्याजको मारमा परेको बताए। 

निर्माण सामग्रीको उपलब्धता शून्यप्रायः रहेको जनाउँदै चौधरीले यि कारणहरुले मुलुकले ठूलो र दूरगामी मूल्य चुकाउनुपर्ने स्थिति आएको बताए। यी कुरालाई सरकारले आगामी बजेटमा समेट्नु पर्ने चौधरीको सुझाव थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ