arrow

ह्वात्तै बढे कोरोना संक्रमित, पुग्यो १३४

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
covid-test-corona.jpg

कपिलवस्तु। नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् । 
 
संक्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । 
 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल संक्रमितको सङ्ख्या १३४ पुगेको छ ।

सोमबार एकै दिन २४ जनामा कोरोना संक्रमण देखिएको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ