arrow

५७ जना पुरुषमा कोरोना संक्रमण, पुग्यो १ सय ९१

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
covid-test-positive-corona.jpg

काठमाडौं । नेपालमा मंगलबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका ५७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

संक्रमण पुष्टि भएका रुपन्देही, कपिलवस्तु, पर्सा र बाराका रहेका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुमा ८ जना रुपन्देहीमा ९ जना, बारामा १ जना र पर्सामा ३९ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा संक्रमण दखिएको हो ।  

संक्रमितहरुको अवस्था  सामान्य रहेको तथा स्वास्थ्यकर्मिहरुको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ