arrow

भारत निर्भर अर्थतन्त्रबाट बाहिर निस्कने बजेट ल्याउनुस : भिमसेनदास प्रधान

logo
हाम्रा कुरा
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
bhimsen-dash-pradhan-mp-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले विश्व नै कोरोना महामारीसँग जुधिरहेको समयमा नेपालले पनि आफ्नो नीति तथा कार्यक्रम उक्त माहामारीले पार्ने असरमा केन्द्रित भएर जारी गर्नुपर्ने बताएका छन्। आव २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधिसभा जारी छलफलमा भाग लिँदै प्रधानले अर्थमन्त्री युवराज खतिवडाका लागि यो ईतिहास बनाउने समय भएको उल्लेख गर्दै अहिलेको समयमा फरक ढंगले नीति तथा कार्यक्रम र बजेट आउनु पर्ने बताए। उनले कोरोना भाईरसले प्रभावितहरुलाई सम्बोधन गर्ने खालको बिशेष बजेट बनाउन सुझाव दिए। 

बिदेशमा करिब ६० लाख नेपालीहरुमध्ये करिब १५ लाखले रोजगारी गुमाउने अवस्था रहेको रिपोर्टहरु आईरहेको अवस्थामा देश फर्किएका नागरिकहरुलाई कसरि रोजगारी दिने भनेर सोच्नु पर्ने बेला आएको सांसद प्रधानले भने।

बिगतमा भारतले लगाएका नाकाबन्दी सम्झिदै सांसद श्रेष्ठले अहिले पनि नेपालको सिमाना मिचिएको प्रसङगमा संसद र सडक तातिरहेको बेलामा आउने दिनमा त्यस्तै परिस्थिती सृजना भए के गर्ने सोच्नु पर्ने बताए। भारत निर्भर अर्थतन्त्रबाट बाहिर निस्केर आत्मनिर्भर हुन कृषीमा लगानी गर्नु पर्नेमा उनले जोड दिए। 

त्यसैगरि बिजुलीमा पनि लगानी बढाइ दैनिक उपभोग्य ईन्धन जस्तै ग्यास, मट्टितेल आदीको आयात कम गर्न सकिने उनले बताए। त्यसैगरि बिजुलीले चल्ने सवारीमा लगानी बढाई पेट्रोल, डिजेलको आयातमा कटौती गर्न सकिने सुझाव प्रधानले दिए।

अहिलेको नीति तथा कार्यक्रम र बजेटका लागि सहयोगी हातहरु साथमा लिएर कोरोना प्रभावितहरुलाई सम्बोधन गर्ने खालको कार्यक्रम आउनु पर्ने उनले बताए। उनले अहिले पनि परिमार्जन गर्ने समय रहेको र परिमार्जन गरेर नयाँ कार्यक्रम ल्याउन आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ