arrow

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत हुँदै

logo
रासस,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
Parliament_building.png

काठमाडौं। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ २ गते शुक्रबार प्रस्तुत हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

नीति तथा कार्यक्रममा कोभिड–१९ का कारण देशको समग्र अर्थतन्त्र, जनस्वास्थ्य र समाजका सबै पक्षमा परेको प्रभावलाई सम्बोधन गर्ने गरी राहतका विषयलाई प्राथमिकताका साथ समावेश गरिने अपेक्षा गरिएको छ।

त्यसैगरी अनावश्यक खर्च कटौती, विकास निर्माणका परियोजनाको निरन्तरता, रोजगारी सिर्जना, औद्योगिक एवम् कृषि उत्पादकत्व वृद्धि, कृषि क्षेत्रको आधुनिकीकरण, सामाजिक सुरक्षाजस्ता राष्ट्रिय चासोका विषयलाई पनि नीति तथा कार्यक्रममा संलग्न गरिने बताइएको छ। आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक आयव्ययको विवरण ९बजेट० पनि नीति तथा कार्यक्रमको सेरोफेरोमा रहेर सरकारले तयार गरिरहेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ