arrow

निम्न आय भएका नेपाली नागरिकलाई केन्द्रमा राखेर बजेट बनाउन दिब्यमणीको सुझाव (भिडियो)

अर्थतन्त्र बचाउन सबै मिलेर काम गरौं

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
dibya-mani-rajbhandari-mp-nc.jpg

काठमाडौं। निम्न आय भएका नेपाली नागरिकलाई केन्द्रमा राखेर बजेट बनाउन सांसद दिब्यमणी राजभण्डारीले सरकारलाई सुझाव दिएका छन्। प्रतिनिधी सभामा बजेटको सिदान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै राजभण्डारीले भने, “ हामीले बजेट बनाउँदा निम्न आय भएका नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर बनाउनु पर्छ।

दोबाटोमा बस्ने मकै र तरकारी बेच्ने साउनीको आयस्तर कसरी उकास्न सकिन्छ भनेर आगामी बजेटमा समेट्नु पर्छ।“ कोरोना भाइरसको महामारी बिरुद्ध देश जुधिरहेको देश भष्ट्राचारको चपेटामा परिरहेको उल्लेख गर्दै राजभण्डारीले अहिलेको परिस्थितिमा बजेटको प्राथमिकता स्वास्थ्यलाई बनाउनु पर्ने बताए। कोरोना भाइरसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारेमा संयन्त्र बनाएर स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दै राजभण्डारीले सरकारलाई भाषणमा मात्र स्वास्थ्यलाई प्राथमिकतामा नराख्न सुझाव दिए।

“कोरोना भाइरसबाट ज्यानलाई जोगाउन लागिरहेका छौ त्यसरी नै नेपालको अर्थतन्त्रलाई जोगाउन पनि लागिपरौ,” राजभण्डारीले भने, “कृषिमा लगानी बढाउनु पर्यो। कृषिसँग सम्बन्धीत साना तथा मझौला उद्योगहरुमा लगानी बढाएर रोजगारी तथा उत्पादन बढाउन आगामी बजेट केन्द्रीत हुनुपर्छ।“

उनले हामीले बजेट बनाउँदा निम्न आय भएका नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर बनाउन सुझाव दिदै भने, “निम्न आय भएका जस्तै दोबाटोमा मकै बेच्न बस्ने र तरकारी बेच्ने बस्ने साउनीको आयस्तर बृद्धि गर्न बजेट केन्द्रीत हुनुपर्छ।“

“आगामी आर्थिक बर्षमा ठूलाठूला बिकासको आयोजनामा लगानी बढाउनु भन्दा पनि साना तथा मझौला उद्योगलाई राहत दिएर कसरी जोगाउन सकिन्छ भनेर बजेटले समेट्नु पर्छ,” राजभण्डारीले भने, “नीजि क्षेत्रको कुरा गर्दा पनि ठूला उद्योगहरु भन्दा पनि लघु उद्योगहरुलाई बचाइराख्न बजेटले प्राथमिकतामा दिनुपर्छ।“

अहिले असाधारण अवस्था भएको उल्लेख गर्दै राजभण्डारीले भने, “बजेटको बारेमा सबैपक्षसँग राम्रोसँग छलफल गरौं। सबैको कुरा सुनौ। अहिलेको आर्थिक अवस्थाबाट राष्ट्रलाई बचाउनु पर्छ। यो ब्यक्तिगत कुरा हैन। राष्ट्रलाई हामीले के दिने भन्ने कुरा छ। राष्ट्रको अर्थतन्त्र बचाउन सबै मिलेर काम गरौं।“ 

आगामी बजेटको आयस्रोत बढाउन अदातलको फैसलापछि उठन बाँकी रहेको रकम उठाउन लागिपर्न सुझाव दिदै उनले राजश्वमा देखिएका बिवाद सल्टाएर स्रोत बढाउन आग्रह गरे।

नेपालीहरुको बिदेशमा धेरै ठुलो लगानी रहेको उल्लेख गर्दै उनले अहिलेको जटिल अवस्थामा सो लगानी नेपालमा फिर्ता ल्याउन पहल गर्न सुझाव दिए। राष्ट्रलाई अफ्ठ्यारो परेको बेला सबैले योगदान गर्नु पर्नेमा उनको जोड थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ