arrow

छिमेकीको जमीन हामी एक बित्ता पनि लिन्नौ

logo
लोकराज अधिकारी,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
lokraj-adhikari.gif

छिमेकीको जमीन हामी एक बित्ता पनि लिन्नौ,

प्राण दिन्छौ तर हाम्रो एक सुत पनि दिन्नौ 

नठान नठान कमजोर नठान  

मित्र या शत्रु के चाहियो छान । 

 

बिर्सन्नौ हामी छिमेकीको गुन

जानेका छौ हामी कठोर पनि हुन ।  

 छिमेकीको जमीन हामी एक बित्ता पनि लिन्नौ,  

प्राण दिन्छौ तर हाम्रो एक सुत पनि दिन्नौ 

नहेप नहेप हामीलाइ नहेप 

हामी गर्छौ हाम्रो सिमा रेखदेख । 

 

 संवादले शान्ती ल्याउछ जहिले

 बिबादले युद्ध निम्त्याउछ जहिले  

छिमेकीको जमीन हामी एक बित्ता पनि लिन्नौ, 

प्राण दिन्छौ तर हाम्रो एक सुत पनि दिन्नौ

नसम्झ नसम्झ निरीह नसम्झ 

गोर्खाली रगत छ हामीसँग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ