arrow

'सयभन्दा बढी नेपालीको शव विदेशमै अन्त्येष्टि गर्ने अनुमतिले भावना माथि ठेस'

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
dilla-sangroula.JPG

काठमाडौं। नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले स्वदेश फर्कन पर्खी रहेका दशौँ हजार नेपालीहरुलाई खाडी लगायतका मुलुकबाट  सरकारले विशेष विमान पठाएर उद्दार गर्न आग्रह गरेकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद संग्रौलाले भनिन् ,'आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खी रहेका छन्।  उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गरोस् । त्यस्तै नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीहरुलाई सैयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर  नेपाल प्रहरी, सेना र स्वयम्सेवक हरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गर्दछु ।'  

'सम्माननीय सभामुख महोदय , अहिले कोरोना संकट भन्दा पहिले नै दुखद निधन भएका एकसय भन्दा  बढी नेपालीहरुका शव विदेशमा अलपत्र छन  । उनीहरुका परिवार, आफन्त “कि सास देउ, कि लास देउ” भनेर पर्खि रहेका छन् ।  उल्टै नेपाल सरकारले शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई रु पचास हजार राहत दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ ।'

नेपाल फिर्न चाहने प्रवासी नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासहरु, गैर आवासीय नेपाली संघका च्याप्टरहरु , अन्य सामाजिक संस्था हरु र मध्य पूर्वमा रहेको श्रमिक संजालसंग सहकार्य गर्न पनि सांसद संग्रौलाले आग्रह गरेकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ