arrow

मोदीको पुत्ला जलाउने अनेरास्ववियूका एक दर्जन नेता पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
putla1.jpg

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने करिव एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ।
 
मंगलबार जनकपुरको रामानन्दचोकमा आन्दोलनमा उत्रिएका एक दर्जन विद्यार्थी नेताहरुले भारतले नेपालको भूमि अतिक्रमण गरेको विरोधमा एक दर्जन विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेका छन।

भारतले नेपालको भूमि हुँदै सडक बनाएको विरोधमा नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरु विरोध प्रदर्शन गरेका हुन्। उनीहरु भारतविरुद्व प्रदर्शनसंगै जनकपुरको रामानन्द चौकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका थिए । 

पुत्ला दहन गर्न थालेपछि प्रहरीले विद्यार्थी नेता आनन्द झा,राजन झा,रिकि यादव,आरपि यादव सहित करिव एक दर्जन विद्यार्थी नेताहरुलाइ पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ