arrow

चीन सगरमाथामा नयाँ बाटो बनाउँदै, उत्तरी क्षेत्रबाट सगरमाथा आरोहणको तयारी

नेपाल कोरोनको त्रासमा चीन भने सगरमाथामा गतिविधी बढाउँदै

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
mount-everest-north-china.jpg

काठमाडौं। कोरोना प्रभावले संसारभर आवातजावत लगायत वाहिरी गतिविधी ठप्प रहेका बेला चीनले सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट आरोहणका लागि नयाँ मार्ग बनाइरहेको छ । गत सोमबार नै चिनियाँ आरोपीहरु नयाँ मार्ग तयार गर्नका लागि तेस्रो क्याम्पमा पुगेका थिए । 

सि लियो नेतृत्वको ५ जना तालिमप्राप्त आरोहण गाइडले उक्त नया मार्गका लागि रोप फिक्स गरेका हुन् ।नयाँ मार्ग बनाउने टीमसँगै सर्वे टिम पनि गएको छ । कम्तीमा ६ जना सम्मिलित सर्वेक्षण टिमले सगरमाथाको उचाई मापनसंगै त्यहाँको वातावरण र भूगोलबारे सर्वे गर्नेछ । 

यद्यपि नेपाल सरकारको स्वीकृति बिना सर्वे गर्न नमिल्ने भए पनि कुनै स्वीकृति वा सहमति नलिएको नापी विभागले जनाएको छ । चिनियाँ राष्ट्रिय संशाधन मन्त्रालयले ५३ जनाको सर्वेक्षणकर्ताको टोलीलाई सगरमाथाको उचाई नाप्न पठाइसकेको पनि बताइएको छ । सर्वेक्षण टोलीका सदस्यहरुलाई घुमाएपछि तिनीहरु आधार शिविरमा फर्किसकेका छन् । 

नेपालमा कोरोना भाइरसका कारण लकडाउन रहेकाले पहिलो पटक सगरमाथा आरोहणको इतिहासमा नेपालबाट बसन्त ऋतुमा कुनै आरोहण हुने छैन । प्रत्येक बर्ष नेपालबाट सगरमाथा आरोहणका लागि पर्वतारोहीहरु नेपाल आउने गर्छन। तर सगरमाथामा फाइभ जी टावर र स्टेशन राखेर चीन सगरमाथा आर्थिक गतिविधी वढाउँदै गएको छ। चीनको यो गतिविधीले नेपालले सगरमाथाबाट लिइरहेको लाभ पनि गुमाउनु पर्ने अवस्थामा पुग्न सक्ने देखिएको छ। 

त्यसको फाइदा उठाउँदै चीन सरकार अहिले चिनियाँ आरोहीका लागि अनुमति दिइसकेको छ । सगरमाथा आरोहणका लागि जियाओलिन झिन, रु झिगाङ, लिउ पिङसहितका करीव ५० आरोहीहरु सगरमाथा आरोहणका लागि बेस क्याम्पमा कुरेर बसिरहेको पनि बताइएको छ । सगरमाथा आरोहण गर्ने उनीहरुको पहिलो प्रयास भने असफल भएको छ। 

केही दिनअघि सगरमाथालाई नै आफ्नो देशको भन्दै चिनियाँ सरकारी संचारमाध्यमहरुले भनेपछि यो विषय विवादित बनेको छ । तर नेपालीहरुको चर्को विरोध र लगातारको समाचार मिडियामा आइसकेपछि चिनियाँ सरकारी मिडियाहरुले वाध्य भएर सच्याएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ