arrow

कतारमा २५ हजारमा कोरोनाको संक्रमण

logo
सिन्ह्वा,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
qater.png

दोहा । नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोना भाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।

कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना निको भएर डिस्चार्ज भएका छन् भने १४ जनाको मृत्यु भएको छ । 

नयाँ संक्रमित व्यक्तिमध्ये अधिकांश विदेशी कामदार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोना पुष्टि भएकाहरु सबैलाई क्वारेन्टिनमा राखिएको छ । कतारमा एक लाख ३४ हजार २९४ जनाको परीक्षण गरिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ