arrow

शालिन मानिएका बुटवलका डिएसपी तानिए, लगाइए यस्ता आरोप

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
bharai.jpg

रुपन्देही । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख एंव प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमलाल भट्टराई प्रदेश प्रहरी कार्यालय दाङमा तानिएका छन् ।

कोरोना भाईरस (कोभि–१९) को उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको समयमा स्थानिय खोलाको गिट्टी, बालुवा र ढुंगा जस्ता नदीजन्य पदार्थहरुको उत्खननमा सेटिङ्ग मिलाउन मद्दत गरेको र लकडाउनलाई व्यवस्थापन गर्न सम्वन्धित निकायलाई सहयोग नगरेको जस्ता आरोपमा डिएसपी भिमलाल भट्टराई प्रदेश प्रहरी कार्यालय दाङमा तानिएको बताइएको छ । प्रदेश नं. ५ प्रदेश प्रहरी कार्यालयले भने विस्तृत विषय खुलाएको छैन् ।

यस्तै डिएसपी भट्टराई माथि मादक पदार्थ सेवन गरी चेकजाँचको नाममा रातीमा होटल, रेष्टुरेण्टमा छापा मारेको, प्रदेश सरकारलाई वेवास्ता गरेको र दर्ज्यानी अनुसार माथिल्ला कमाण्डरहरुको आदेश पालना नगरेको लगायतका आरोपहरु लागेका छन् ।

शालिन तथा धेरै नवोल्ने प्रहरी प्रमुखको रुपमा भट्टराईको छवि थियो। प्रदेश नं.५ प्रदेश प्रहरी कार्यालय दाङले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भट्टराईलाई केही विविध विषयहरु माथि सोधपुछ र अनुसन्धानका लागि बुधवार (आज) प्रदेश प्रहरी कार्यालय दाङ तानिएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ