arrow

बुधबार थप दुईमा भेटियो कोरोना, संक्रमित २१९ पुगे

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बुधबार दुईजनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा संक्रमण भएको पाइएको बताए । 

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा संक्रमण देखिएको हो ।

 योसँगै संक्रमितको सङ्ख्या २१९ जना पुगेको छ । मङ्गलबारमात्र नेपालमा एकैपटक ८३ जनामा संक्रमण देखिएको थियो । 

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ