arrow

मानसिक रोगीलाई पनि कोरोना संक्रमण

logo
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
covid-test-corona.jpg

सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई पुगेको छ ।  धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । 

संक्रमित व्यक्तिको २६ गते जनकपुरमा  पिसिआर टेष्ट गरिएको थियो । त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो । मङ्गलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना संक्रमित भएको कुरा जानकारीमा आएको थियो । 

काठमाडौँबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मङ्गलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए । संक्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए । 

उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पुर्‍याइएको हरिपुर्वा–३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए । संक्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उनले बताए । यसअघि सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ