arrow

सरकारको नियत थिएन, क्षमता पनि देखिएनः गगन थापा

सीमा, स्वास्थ्य र अर्थतन्त्र सबै मोर्चामा सरकार असफल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
Gagan-Thapa.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले आपतकालमा के गर्नुपर्छ भन्ने कुरामा सरकार पूर्णरुपमा चुकेको बताएका छन्। 

जीपी कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रले आयोजना गरेको एक डिजीटल संवाद कार्यक्रममा बोल्दै थापाले कोरोना सक्रमण बिरुद्ध लड्ने सरकारको नियतमा खोट मात्र नभइ क्षमता पनि नरहेको बताए। 

पछिल्ला दिनमा प्रधानमन्त्रीको प्राथमिकता उनले गरेका बैठकहरुबाट समेत देखिने जनाउँदै थापाले भने, “पछिल्ला २१ वैठकमा भाग लिदा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी रोकथाम र नियन्त्रण सम्वन्धी एउटा मात्र वैठकमा भाग लिएका छन्। वाँकी सबै उनी आफैले ल्याएको अध्यादेशले निम्त्याएका समस्याका बारेको वैठकमा भाग लिएका छन्।"  

केहि महिना अघी सम्म सरकारले अझै पनि गर्लाकी भन्ने आश अब पूर्ण रुपमा सकिएको जनाउँदै थापाले भने, "यो सरकारले काम गरेन भन्न पनि अब मन लाग्न छोड्यो कीनकी यस्को काम गर्ने क्षमता नै रहेनछ।"

क्षमता नभएको सरकारले विश्वास समेत गुमाएको थापाको कथन थियो। स्वास्थ्य संकटबाट पार पाउन दिइएको सुझावलाई सरकारले वेवास्ता गरेको उल्लेख गर्दै थापाले कोरोनाको कारणबाट अर्थतन्त्रलाई कसरी जोगाएर लैजाने भन्ने कांग्रेसको सुझावलाई पनि नेकपाले गाम्भीर्यता नदेखाएको बताए। 

स्वास्थ्यको क्षेत्रमा असफल भएको जस्तै अर्थतन्त्र बचाउने सम्वन्धमा सरकार असफल हुने लक्षण सरकारको नीति तथा कार्यक्रम र वजेटको सिद्धान्त माथिको छलफलमा देखिन थालिसकेको उनले बताए। उनले भने, “ सीमा, स्वास्थ्य र अर्थतन्त्र सबै मोर्चामा सरकार असफल भएको छ। यो अवस्थामा कसरी अघी बढ्ने भन्नेमा पार्टीमा पनि थप छलफल हुनुपर्छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ