arrow

कोरोना संक्रमितले भरियो बुटवलको आइसोलेशन, प्रशासन भन्छ- 'अव राख्ने ठाउँ छैन्'

logo
नारायण वली, 
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
butwal-corona-hospital.jpg

रुपन्देही । पछिल्लो समय प्रदेश– ५ को अस्थायी मुकाम रुपन्देहीसंगै छिमेकी जिल्ला कपिलवस्तु पनि एकाएक कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु बढेपछि बुटवलको धागो कारखाना स्थित स्थापना गरिएको कोरोना विशेष अस्थायी अस्पतालमा खचाखच भरिएका छन् ।

विगत लामो समय देखि वन्द रहेको बुटवल धागो कारखानाको भवनलाई बुटवल उप–महानगरपालिका र प्रदेश नं. ५ को संयुक्त लगानीमा कोरोना विशेष अस्थायी अस्पताल निर्माण गरी करिव ३६ वटा आइसोलेसन शैया बनाईए पनि तर अहिले उक्त सबै शैयाहरु कोरोना भाईरस संक्रमितहरु भरिन पुग्दा थप कोरोना भाईरस संक्रमित विरामीहरुलाई राख्ने शैयाको अभाव भएको छ । 

सो अस्पतालमा रुपन्देहीका १५ जना र बाँकी कपिलवस्तुका बिरामीहरु भर्ना भएको अस्पताल स्रोतले जनाएको छ । भवन बाहिर टेन्टमा १४ वटा बेड बनाईएको भएपनि तर गर्मीयाम वढे संगै सर्पदंशको डरले त्यहाँ बिरामीहरु नराखिने कोरोना विशेष अस्थायी अस्पताल स्रोतल वताएको छ । जसका कारण अव थप नयाँ बेडहरु निर्माण नहुँदा सम्म सो अस्पतालमा बिरामीहरु भर्ना गर्न नसकिने कोरोना फोकद पर्सन डा. सुर्दशन थापाले वताएका छन् । 

यस्तै कोरोना फोकल पर्सन डा. थापाका अनुसार धागो कारखाना परिसरमै रहेको अर्को भवन प्रयोग गर्दै थप झण्डै २ सय वटा बेडहरु थप्ने निर्णय भएको जनाउनु भएको छ । त्यस्तै सवै प्रक्रियाहरु पूरा गरेर आवश्यक पुर्वाधार र जनशक्ति थप पनि गर्नुपर्ने भएकाले केही समय लाग्न सक्ने लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ