arrow

कोरोना संक्रमित एक्कासी वृद्धि भएपछि लकडाउनमा कडाइ गर्ने निर्णय

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
lockdown-nepal.jpg

जनकपुरधाम। प्रदेश नम्बर दुईमा कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि भएपछि प्रदेश सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बुधबार प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा सम्पन्न उच्चस्तरीय बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउने, सिमामा थप कडाई गर्ने , सिमापारिको ओहोरदोहोर लाई निरुत्साहित गर्न प्रचार प्रसार लाई तिब्र बनाउने निर्णय गरेको छ।

बैठकले सिमा पारी रहेको नेपाली नागरिक लाई स्वदेश ल्याउने सम्बन्धमा आबश्यक कार्यबिधी बनाई दिन संघीय  सरकारलाई आग्रह गर्ने र उनी हरुलाई स्वदेश ल्याउनु पर्ने अबस्थाका लागि प्रत्येक जिल्लामा थप तीनतीन सय क्षमताको क्वारेन्टाइन तयारी अबस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले जानकारी दिए। 

यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणका लागि संघीय  सरकारसँगथप बजेट माग गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा प्रमुख सचिब अर्जुन पोखरेल,मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादव, प्रदेश सरकारका बिभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ