arrow

नेपालमा कोरोना, एकै परिवारका ९ जना संक्रमित 

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
coronavirus-hamrakuras1.jpg

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । 

तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका  तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए । 

भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । 

उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो ।
    
रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण  भएको थियो । थपिएका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना सङ्क्रमण  भएको थियो । 

भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय  हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका  बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

भारतीय प्रतिमाननिमा क्वारेन्टाइनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका नागरिक हुन् । उनी केही दिन पहिला नवलपरासीमा पूजा गर्न आएको पण्डित भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ