arrow

सरकार र संसद दुबै असफलः पूर्वमन्त्री भण्डारी

logo
प्रकाशित २०७७ जेठ १ बिहिबार
shankar-bhandari.jpg

दमौली। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले वर्तमान घडीमा सरकार र संसद दुबै असफल भएको बताएका छन् ।

सरकार र संसद असफल हुँदै गर्दा मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलनेदेखि छिमेकी मुलुकबाट नेपाली भूमि अतिक्रमण भईरहेको पूर्वमन्त्री भण्डारीको भनाई रहेको छ । 

पूर्वमन्त्री भण्डारीले हाम्राकुरासँग कुरा गर्दै कोभिड १९ को उपचार र नियन्त्रण तथा अतिक्रमणको सीमाको विषयमा सरकार र संसद निरिह बन्दै गर्दा सरकार र संसद माथि प्रश्न गर्नुपर्ने बेला आएको भण्डारीले बताए ।

 यहि अवस्था रहने भने हो संसद विघटन गरेर नयाँ विकल्पमा जानु पर्ने समेत भण्डारीको भनाई रहेको छ । 

कुराकानीका क्रममा पूर्वमन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली संसद र जनताप्रति उत्तरदायी हुन छाडेको समेत बताए । यो घडीमा सरकारले सर्वपक्षीय बैठक आव्हान गर्नुपर्ने भएपनि त्यसतर्फ ध्यान नदिएको समेत पूर्वमन्त्री भण्डारीले बताए । 

कोभिड १९ को त्रासका कारण जनताले औषधी उपचारदेखि राहतका विषयमा निकै सास्ती बेहोरि रहँदा पनि सरकार भने टुलुटुलु हेरेर बस्ने बाहेक अन्य काम नभएको भण्डारीले बताए। 

कोभिड १९ र सीमा अतिक्रमणको विषयमा सरकारले निरिहता प्रदर्शन गरिरहेका बेला कांग्रेसले भने प्रमुख प्रतिपक्षीले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गरेको भण्डारीको जिकिर छ। 

त्यस्तै कोभिड–१९ को संक्रमणलाई लक्षित गर्दे युवा, महिला, विपन्न समुदायलाई आगामी बजेटमा विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै  भण्डारीले १० लाख सम्म बिना व्याजमा ऋण प्रदान गर्नुपर्ने माग गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ