arrow

सहयोग गर्न चुनाव नै जित्नै नपर्ने उदाहरण बन्दै रामहरी खतिवडा

कोरोना संक्रमणसँग जुध्ने स्वास्थ्य सामग्री लिएर फेरि पुगे ओखलढुंगा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १ बिहिबार
ramhari-khatiwada.gif

ओखलढुंगा। जनताको सेवा गर्न चुनाव जीतेको नेता नै हुनुपर्दैन भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन। संविधानसभा सदस्य समेत रहेका नेपाली कांग्रेसका नेता रामहरी खतिवडालाई हेरे पुग्छ। ओखलढुंगाबाट २०७४को चुनावमा उपविजेतामा चित्त बुझाए पनि खतिवडा चुनावमा पाएको परिणामलाई आधार मानेर जनतामा जाने नजाने कुरामा रोकिएका छैनन्। 

चुनाव जीतेर सांसदका रुपमा भन्दा अहिले जनताका बीचमा पुग्न हतारिने कांग्रेस नेता खतिवडा जिल्लाका हरेक नागरिकको दुख सुखका साथी बनेका छन्। 

जिल्लाका नागरिकहरु अप्ठ्यारोमा पर्दा पहिले सम्झिइने नाम बनेका छन् खतिवडा । जिल्लावासीको त्यहि भरोसाबाट उनी पनि हौसिएका छन्। त्यसकारण काठमाडौंको अस्पतालदेखि घाटसम्म, पूजादेखि विवाह व्रतवन्धनमा पुगिरहेका हुन्छन। जिल्लामा त हप्तैपिच्छे जस्तै पुगिरहने खतिवडा उनीहरुका सानो ठूलो सबै काममा सहयोग पुर्‍याउन अग्रसर हुन्छन्। जागिर लगाउन पहल गर्नेदेखि दुख सुखका काममा हात वढाइरहेकै हुन्छन। 

भुकम्पदेखि, बाढीपहिरोका पिडित सम्ममा सहयोगका लागि तत्पर भएर पुगेका खतिवडा कोरोना संक्रमणको महामारीबाट जुध्न समेत स्वास्थ्य सामग्री लिएर गृह जिल्ला पुगेका हुन्। 

बुधवार र विहिवार मात्र ४ लाख बराबरको स्वास्थ्य सामग्री उनले जिल्लाका विभिन्न संस्था र स्थानिय तहलाई दिएका छन्। खतिवडाले ओखलढुंगाका जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला सशस्त्र प्रहरी कार्यालय, नेपाली सेनाको कार्यालय ओखलढुंगा, प्रेस यूनियन ओखलढुंगा, ओखलढुंगाका सवै स्थानीय तह, उद्योग बाणिज्य संघ ओखलढुंगा, रेडक्रस ओखलढुंगा, ओखलढुंगा सामुदायिक अस्पताल लगायतलाई सेनिटाइजर, डीसइन्फेक्टेन्ट सेनिटाइजर मेसिन, सर्जिकल मास्क,  एन ९५ मास्क, पीपीई, थर्मोगन, प्रेस ज्याकेट लगाएतको सामाग्री उपलब्ध गराएका हुन्। यो पटक उनले एन ९५ मास्क १३५ वटा, पत्रकारहरुलाई प्रेस लेखिएको ज्याकेट, करिब ३ सय ५० लिटर सेनिटाइजर, दशवटा कीटनाशक स्प्रे, ५० लिटर क्लोरिन, २० हजार सर्जिकल मास्क र केहि थर्मल गन समेत हस्तान्तरण गरे।

खतिवडाले १६ जना पत्रकारलाई एन ९५ मास्क, ज्याकेट र आधा लिटरको दरले सेनिटाइजर विहिवार हस्तान्तरण गरे।

जिल्ला प्रहरी कार्यालयलाई २० लिटर सेनिटाइजर,  प्रत्येक गाउँपालिकालाई २० लिटरको दरले ८ वटा गाउँपालिकामा १६० लिटर सेनिटाइजर, ७५ वडामा दुई लिटरको दरले १५० लिटर सेनिटाइजर समेत खतिवडाले उपलव्ध गराएका छन्।  

प्रत्येक गाउँपालिकालाई एक वटाको दरले ८ वटा कीटनाशक स्प्रे र २ वटा जिल्ला प्रसासन र प्रहरीलाई हस्तान्तरण गरे। उनले कीटनाशक औषधी छर्न मिल्ने स्प्रेसँगै क्लोरीन ५० लिटर पनि जिलामै पुगेर हस्तान्तरण गरेका हुन। उनले केहि थान ज्वरो नाप्ने थर्मल गन पनि स्थानिय तहलाई हस्तान्तरण गरे।

अहिलेसम्म जिल्लाका नागरिकसम्म पुग्ने गरि स्थानिय तह, व्यक्ति तथा संस्था मार्फत २० हजार सर्जिकल मास्क वितरण गरेको उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ