arrow

कोरोनाको डरले चीनले पठाएको राहत माथिल्लो मुस्ताङका जनताले लिएनन  

चीनलाई राहत सामग्री फिर्ता लैजान दुई गाउँपालिकाले गरे आग्रह

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १ बिहिबार
thak-thini-mustang.jpg

मुस्ताङ। कोरोनाको डरले चीनले पठाएको राहत सामग्री उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनताले लिन अस्विकार गरेका छन्। उनीहरुले चीनबाट प्राप्त राहत सीमामा रहेका चिनियाँ अधिकारीहरुलाई फिर्ता लैजान आग्रह समेत गरेका छन् । 

कोरोला नाका रहेको लोमान्थाङ गाउँपालिकाका वडाध्यक्ष ह्वाङ्ग कुंगा लामा र पासाङ गुरुङ मार्फत सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुले राहत पठाएको थियो। कोरोला नाकाबाट भित्रिएको राहत स्थानियहरुले नलिने सामुहिक निर्णय गरेर दुई दिन अघी सीमामा रहेका चीन सरकारका प्रतिनिधीहरुलाई खबर समेत गरेका छन्।  

कोरोना महामारी शुरुवात भएको देशबाट यस बर्ष कुनै पनि राहत नलिने कुरामा लोमान्थाङ गाउँपालिकाका स्थानिय एकमत भएपछि राहत कोरोलामै अड्किरहेको छ। चीनले पनि राहत सामग्री लगेको छैन।

लोमान्थाङ गाउँपालिकाका निर्वाचित अध्यक्ष तथा नेपाली कांग्रेस मुस्ताङका पूर्व सभापति सुवर्ण बिष्टले स्थानिय जनतालाई भेला गरि राहत लिने वा नलिने भन्ने बारेमा छलफल गराएका थिए। स्थानियहरुले राहत नलिने सर्वसम्मत निर्णय गरेका थिए। 

माथिल्लो मुस्ताङकै अर्को गाउँपालिका लोघ्याघर दामोदर कुण्डका अध्यक्ष तथा नेकपाका नेता राजु बिष्ट सहितका स्थानियले पनि राहत नलिने निर्णय गरेका थिए। दुई गाउँपालिकाले स्थानिय सहितको सहभागितामा अलग अलग रुपमा राहत नलिइ फिर्ता गर्ने निर्णय गरेका थिए। सो निर्णयसँगै चीनको सीमामा रहेका अधिकारीहरुलाई राहत फिर्ता लिन लोमान्थाङका अध्यक्ष बिष्टले जानकारी गराएका थिए। 

चीनबाटै कोरोना फैलिएका कारण नागरिकले यस बर्ष राहत लिने तयार नभएको जानकारी बिष्टले सीमाका अधिकारीहरुलाई गराएका थिए।     

बिष्टलाई उदृत गर्दै एक स्थानियले जनाए अनुसार , “तपाइहरुकै देशबाट कोरोना फैलिएको हुनाले यो पटक जनताले राहत नलिने भनेका छन्। यसलाई अन्यथा नलिनुहोला।“

यसअघी गाउँपालिका र प्रसासनलाई समन्वय गरेर दिदै आएको राहत यसपटक जिल्ला प्रसासन र गाउँपालिकाको नेतृत्वलाई थाहै नदिएर चीनले केहि व्यक्तिलाई राहत जिम्मा लगाएर पठाएकोमा पनि स्थानियहरु अचम्मित परेका थिए। 

माथिल्लो मुस्ताङमा तल्लो मुस्ताङबाट निर्माण सामग्री समेत लैजान स्थानियले रोकेका छन्। पहिला जीवन अनि मात्र विकास भनेर स्थानियले तल्लो मुस्ताङबाट सामग्री लैजान समेत रोकेको जिल्ला प्रसासन कार्यालयका एक अधिकारीले बताए। कोरोनाको समयमा किन चीनबाट सामान ल्याएको भनेर उल्टै राहत पाउने भनिएका मानिसहरु नै रिसाएका थिए। 

चीनले एक हजार बोरा चामल,  २ सय बोरा दाल, नुन ३० बोरा,  खाने तेल तीन हजार लिटर, चिनी ५० बोरा, साबुन लगायतका सामाग्री पठाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ